२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

शीतभण्डार प्रयोगविहीन

उदयपुरको कटारी नगरपालिका-४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ।

कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले १८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र अवस्थामा पुगेको हो। हेल्भेटास नेपाल र कटारी नगरपालिकाको ५०/५० प्रतिशत गरी १८ लाख रुपैयाँ लागतमा कृषि उपज परिसरसँगै निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन रहेको हो।

वडाध्यक्ष भूपेश तामाङका अनुसार कार्यविधि नै नभएकाले यसलाई प्रयोगमा ल्याउन सकिएको छैन। ‘यसपटक बल्ल कार्यविधि बनाइसकेको छ, अब कार्यपालिका बैठकले पारित गरेपछि प्रयोगमा ल्याउने तयारीमा छौं’, नगरपालिकाको विधान समितिका संयोजक समेत रहेका वडाध्यक्ष तामाङले भने, ‘यो कटारीकै महत्त्वपूर्ण शीतभण्डार हो। यसलाई प्रयोगमा ल्याउन पहल गरिरहेका छौं।’

सामान्य ट्रस भवन निर्माण गरेर खुलै स्थानमा राखिएको शीतभण्डार आसपास झाडी पलाइसकेको छ। ‘यसको परीक्षणसमेत गरिएको छैन सञ्चालन हुन्छ हुँदैन थाहा छैन’, स्थानीय भरत खत्रीले भने, ‘अहिले कृषकले उत्पादन गरेको कृषि वस्तु भण्डारण गर्ने ठाउँ छैन शीतभण्डार बिग्रिसक्यो।’

कटारी नगरको पहाडी भेगमा कृषकले उत्पादन गरेका कृषि उत्पादन भण्डारण गर्ने शीतभण्डार नहुँदा समस्या रहेको छ। पहाडी वडामा सुन्तला, डल्ले खुर्सानी, अदुवा जस्ता विभिन्न तरकारीको व्यावसायिक खेती हुने गरेको छ तर शीतभण्डार नहुँदा समस्या छ। रासस  

प्रकाशित: २१ पुस २०७९ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App