नेसनल लाईफ इन्स्योरेन्सले ‘गोसाईकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि यही पुस ७ देखि ९ गतेसम्म उक्त हेली टुर सम्पन्न गरेको हो।
कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि कम्पनीले सञ्चालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत सफल अभिकर्ताहरूलाई कम्पनीले काठमाडौं बुढानीलकण्ठबाट हेलिकप्टरमा गोसाईकुण्डको भ्रमण गराएको जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले यस प्रकारको भ्रमणले अभिकर्ताहरूको मनोवल वृद्धिभई कम्पनीको व्यवसाय समेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: १३ पुस २०७९ ०२:५७ बुधबार