१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेत्रज्योति संघद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पतालको आयोजनामा जुम्लाको हिमा गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। हिमा गाउँपालिका र कादुरी एग्रिकल्चर एसोसियसनसँगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो।

पुस १ गत देखि ४ गतेसम्म आयोजना गरिएको उक्त आँखा शिविरमा ८ सय २८ जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो।

अस्पतालका आउटरिच कोर्डिनेटर सुवास नेपालका अनुसार उक्त शिविरमा ८ सय २८ जनाको आँखा निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो। सो शिविरबाट ४२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया समेत गरिएको छ। शिविरमा आँखा जाँच गराएकामध्ये २ सय ९७ जनालाई निःशुल्क चस्मा वितरण गर्नुको साथै आँखामा सामान्य समस्या भएका ६ सय ७३ जना बिरामीहरूलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थासँगको सहकार्यमा देशैभरि निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन्।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ। संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: १२ पुस २०७९ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App