५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई र राजधानी डेरीबीच सम्झौता

ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच कृषि कर्जाको सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन्। सम्झैता अनुसार बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ।

सम्झैताबाट कृषि व्यवसाय गरिरहेका ग्रामीण क्षेत्रका कृषकलाई उद्यमी बनाउन पुँजी लगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, दुग्ध व्यवसायको माध्यमबाट कृषकलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगार बनाउन यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजना ल्याई आफ्ना ग्राहकलाई लाभान्वित गर्दै आएको जनाएको छ।

प्रकाशित: ७ पुस २०७९ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App