८ वैशाख २०८१ शनिबार
अर्थ

सुनचाँदीको भाउ स्थिर

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामा स्थिर रही प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ। त्यस्तै चाँदी अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ मूल्य कायम रहेको महासङ्घले जनाएको छ।  

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९१ दशमलव ३५ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।

प्रकाशित: ४ पुस २०७९ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App