४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

घट्यो सुनको भाउ, आज तोलाको एक लाख रुपैयाँ

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख रुपैयाँमा आएको छ। सोमबार सुन प्रतितोला एक लाख २ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सय रुपैयाँ थियो।

आज चाँदीको भाउ भने यथावत् छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ९० रुपैयाँमा झरेको थियो।

प्रकाशित: २७ मंसिर २०७९ ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App