५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रदेश १ मा लगानी सम्मेलनको तयारी सुरू

प्रदेश १ मा आन्तरिक तथा वैदेशिक लगानी भित्राउन प्रदेश  सरकारले लगानी सम्मेलनको तयारी थालेको छ। प्रदेश १ मा चाँडै लगानी सम्मेलन आयोजना गर्ने गरी तयारी सुरू गरिएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ।

प्रधिकरणका निर्देशक डा सरोज कोइरालाले प्रदेश १ मा लगानी सम्मेलनको पूर्व तयारी विराटनगरमा मंसिर २९ गते देखि आयोजना हुने विराट एक्स्पोबाट सुरू गरिने जानकारी दिए। उनका अनुसार एक्स्पोमा पहिलो पटक लगानीको छुट्टै पेभिलिएन राखेर प्रदेश १ मा लगानीका लागि सम्भावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि आबश्यक सहजीकरण गर्ने उद्देश्य राखिएको छ।

यस्तै प्रदेश १ मा लगानीका क्षेत्रहरू, सम्भावित परियोजनाहरू,लगानीको मोडेल, लगानी सहजीकरणका नीतिगत कार्यव्यवस्थाहरूको विस्तृत जानकारीसमेत दिने व्यवस्था गरिएको छ। प्रदेश १ लगानी प्राधिकरण,एशिया फाउण्डेशन र कन्सोर्टीयमसँगको सहकार्यमा विराट एक्स्पोमा छुट्टै पेभिलियन राख्न लागिएको हो। पेभिलियनमा प्रदेश १ मा लगानीका लागि सम्भावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि आबश्यक सहजीकरण गर्ने उद्देश्य राखिएको छ।  

यस्तै प्रदेश १ मा लगानीका क्षेत्रहरू, सम्भावित परियोजनाहरू,लगानीको मोडेल, लगानी सहजीकरणका नीतिगत कार्यव्यवस्थाहरूको विस्तृत जानकारीसमेत दिइने डा कोइरालाले बताए। ‘विराट एक्स्पोमा राखिने पेभिलियनमा लगानीका लागि सम्भावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि सहजीकरण गर्ने, प्रदेश १ का लगानीका क्षेत्रहरू, सम्भावित परियोजनाहरू, लगानीको मोडल, लगानी सहजीकरणका नीतिगत कार्यव्यवथाहरूको विस्तृत जानकारी दिइने छ ’  उनले भने‘ प्रदेश १ का लागनीका संभावनाहरू के–के छन् ? लगानीको प्रकृया के छ ? यहाँका संभावित क्षेत्रहरू के–के छन् भन्नेबारे लगानीकर्तालाई जानकारी दिइनेछ।’ पेभेयिनमा प्रदेश १ मा लगानीका लागि योग्य तथा प्रिफिजिविलिटी, अध्ययन भइसकेका आकर्षक ५ वटा पयिोजना डिस्प्लेका राखिने छन्।

परियोजनासँग सम्बन्धित विज्ञ परामर्शदाताहरूबाट परामर्श सेवासमेत प्रदान गरिने जनाइएको छ। पेभेलियनमा प्रदेश १ मा सम्भावित आर्थिक क्लष्टरहरू, कुन क्mष्टरमा कुन बस्तु उत्पादन गर्ने संभावना छ भन्ने बारेमा तथ्य, तथ्यांकसहित फोटो, डकुमेन्टलगायतका सामाग्री राखिने छन्।

डा.कोइरालाले प्रदेश लगानी प्राधिकरणले प्रदेश १ मा उपलब्ध कच्चा पदार्थबाट सञ्चालन हुनसक्ने उद्योगहरूका बारेमा पनि अध्ययन गरिरहेको जानकारी दिए। उनले विशेष गरी कृषि र कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने र त्यस्ता उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न किसानलाई प्रेरित गरिने छ।

यस्तै खानीजन्य उद्योगको पनि प्रदेश १ का धेरै संभावना भएको त्यस्ता संभावित क्षेत्रका विषयमा अध्ययन गरी खानीजन्य उद्योगमा लगानीकर्तालाई आकर्षित गर्न प्रदेश १ लगानी प्राधिकरणले अध्ययनको तयारी गरेको कोइरालाले बताए।  

प्रकाशित: २५ मंसिर २०७९ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App