२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

व्यवसायीक वातावरण सहज बनाउने मौद्रिक नीति ल्याएका छौं: प्रवक्ता भट्ट

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा व्यवसायी जगत र बैंक तथा वित्तिय क्षेत्रका सुझावहरुलाई मध्येनजर गरी तर्जुमा गरिएको बताए।

उनले वर्तमान मुलुकको अर्थतन्त्र परेको दबाब तथा व्यवसायीक वातावरण सहजता बनाउने गरी मौद्रिक नीतिमा नीतिगत व्यवस्था गरी सबैको सुझावलाई सम्बोधन गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको बताए। मंगलबार मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै मुलुकको वर्तमान समग्र आर्थिक स्थितिमा दवाव रहेकाले त्यही अनुरुप मौद्रिक नीतिको समिक्षा आएको स्पष्ट पारे।  

अर्थतन्त्र दवाव हुँदाहुँदै पनि आन्तरिक आर्थिक क्रियाकलापलाई सहज बनाउन आवश्यक रहेको उनले बताए। प्रवक्ता भट्टले पछिल्लो असोज महिनाको अर्थतन्त्रको तथ्याङ्क अनुसार वाह्य दवावमा सहजता देखिए पनि अन्य फण्डामेन्टल विषयहरुमा अझै अफ्ठ्यारो अवस्था रहेको बताए। उनले राष्ट्र बैंकले पछिल्लो एक वर्षदेखि विनिमय सञ्चिति,व्यापार घाटाको अवस्था बारेमा सुक्ष्म अध्ययन गरीरहेको भन्दै अर्थतन्त्रमा भोलिको दिनमा आउनसक्ने अफ्ठ्यारो अवस्थालाई केन्द्रमा राखेर मौद्रिक नीतिको समिक्षा गरिएको बताए।  

उनले राष्ट्र बैंकले लिएका नीतिगत व्यवस्थाहरुले अर्थतन्त्र लयमा आएको भन्ने विषयलाई मौद्रिक नीतिको समिक्षाले आत्मासाथ गरेको दाबी गरे। अन्तराष्ट्रिय परिस्थिति अझै अनिश्चित रहेकाले भोलिका दिनमा अर्थतन्त्रमा समस्या आउनसक्ने विषयलाई राष्ट्र बैंकले महशुस गरेर नीतिगत व्यवस्था त्यही अनुसार बनाइरहेको उनले बताए।  

प्रवक्ता भट्टले व्यवसायिक र औद्योगिक वातावरण तथा सर्वसाधरणहरुमा ब्याजदरको विषय उत्पन्न भएको संशयलाई सम्बोधनका विषयलाई मौद्रिक नीतिको समिक्षामा सम्बोधन गरिएको बताए। उनले मौद्रिक नीतिमा वाणिज्य बैंकहरुको स्पेडदर ४.४ प्रतिशत मात्रै हुनुपर्छ भन्ने व्यवस्थालाई अब ४ प्रतिशतमा सिमित राख्नुपर्छ भनेर बाटो खुला गरेको बताए।  

भट्टले विकास बैंक र वित्त कम्पनीहरुले  ५ प्रतिशतको स्पेडदरलाई ४.६ प्रतिशतमा कायम गर्ने नीतिगत व्यवस्था गर्नु व्यवसायिक वातावरणलाई सहज बनाउनको लागि महत्वपूर्ण निर्णय गरिएको बताए। उनले मौद्रिक नीतिको समिक्षामा बैंकले जारी गरेको चालु पुँजी मार्ग दर्शन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने संकेत गरेको बताए।

प्रकाशित: १३ मंसिर २०७९ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App