१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
प्रवास

डा.शर्माद्वारा पुनर्निर्माणबारे एनआरएनएको अवधारणा प्रस्तुत

'अन्तर्राष्ट्रिय दातासंग छलफल हुने'

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जेनजी आन्दोलनको क्रममा भएको आगजनीबाट प्रभावित संरचनाको पुनर्निर्माणमा सहयोग र्पुयाउने उद्देश्यले अवधारणापत्र तयार गरेको छ। संघका उपाध्यक्ष डा हेमराज शर्माले केन्द्रीय समितिको बैठकमा “नेपालको पुनर्निर्माण रूपरेखा” सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेका हुन्।

अवधारणापत्रमा नेपाल अहिले संवेदनशील मोडमा रहेको उल्लेख गर्दै युवाहरूको असन्तोष, संस्थागत कमजोरी र आर्थिक अस्थिरताको पृष्ठभूमिमा जेनजी आन्दोलनले शासन, रोजगारी, शिक्षा र विपद्–व्यवस्थापनमा रहेका प्रणालीगत कमजोरी उजागर गरेको निष्कर्ष निकालिएको छ।  

एनआरएनएले नेपाल सरकारसँग सहकार्य गर्दै विश्वभरका नेपाली प्रवासीलाई परिचालन गर्ने र नीतिगत सुधार, लगानी अभिमुखीकरण तथा युवा सशक्तीकरणमा आधारित पुनर्निर्माण गर्ने लक्ष्य लिएको छ।  

संघले युवालाई सशक्त बनाउन अवसर सिर्जना गर्ने, व्यवसायिक शिक्षा र सीप विकास, कृषि, पर्यटन र नवीकरणीय उर्जामा लगानी, पूर्वाधार आधुनिकीकरण, विज्ञान–प्रविधि र नवप्रवर्तनमा प्रगति, सुशासन र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर मार्गचित्र प्रस्तुत गरेको छ।  

यसका साथै, अल्पकालीन कार्यक्रममा सहिद परिवार र घाइते नागरिकसँग भेटघाट, जेनजी प्रतिनिधिहरूसँग शिष्टाचार बैठक तथा प्रभावित परिवारका लागि सहयोग परियोजना सञ्चालन गर्ने योजना राखिएको छ।  

दीर्घकालीन योजनामा भने नेपाल सरकार र स्थानीय सरकारसँग सहकार्यका क्षेत्र पहिचान गरी प्राथमिक क्षेत्रमा प्रमुख परियोजना शुभारम्भ, प्रवासी सीप र पुँजी परिचालन, अन्तर्राष्ट्रिय दाताको सहयोग तथा प्राविधिक परिचालनलाई समेटिएको छ।  

संघले पुनर्निर्माण अभियानलाई प्रभावकारी बनाउन उपाध्यक्षहरूलाई विभिन्न जिम्मेवारी तोकेर काम अगाडि बढाउने निर्णय गरेको छ।

प्रकाशित: १२ आश्विन २०८२ १७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App