३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
प्रवास

पोर्चुगलमा नेपाली युवाद्वारा आत्महत्या

विगत ३ वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एकजना नेपाली युवाले आत्महत्या गरेका छन्।गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राजकुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।

उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थियो। नेपालमा सुदूरपश्चिम प्रदेश, कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका भर भएका भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए।

उनी सोही क्षेत्रमा एउटा कृषि फाममा काम गर्थे। उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको थापाले जानकारी दिए। उनको एक छोरा र श्रीमती रहेका छन्।

प्रकाशित: १४ माघ २०७८ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App