coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

दूतावासमा धर्ना बस्नु दुखद – एनआरएनए युएई

युएई- युएईको एक ट्याक्सी कम्पनीमा कार्यरत नेपालीहरुले मंगलबार नेपाली दूतावासमा धर्ना बसेको घटनाप्रती एनआरएनएले दुःख व्यक्त गरेको छ।

एनआरएनएले खानेबस्ने प्रबन्ध मिलाउँदा मिलाउँदै पनि कतैबाट सहयोग नमिलेको भन्दै दूतावासमा गएर धर्ना बस्नुले देशकै बेईज्जत भएको एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईरालाले बताएका छन्।

सारजाहको एक ट्याक्सी कम्पनीमा कार्यरत १७ जना नेपालीहरुले खानेबस्ने समस्या भएको भन्दै घरफिर्तीको प्रबन्ध मिलाउन अबुधाबीस्थित नेपाली दूतावासमा धर्ना बसेका थिए। मंगलबार बिहानै दूतावासबाट दुई सय किलोमिटर टाढा रहेका उनीहरू आ–आफ्नो सामान बोकेर नेपाली दूतावास पुगेका थिए।

आठ महिना अघि काठमाडौंको ओशो तथा फ्युचर म्यानपावर मार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म तिरेर युएई आएका उनीहरु सम्झौता अनुसारको सेवा सुविधा नपाएपछि कम्पनी छोडेर बाहिर बस्दै आएका थिए।

एक महिना अघि कोठा भाडा तिर्ने पैसा नभएर आफुहरु कोठाबाट निकालिएको गोरखाका मोमम्मद कलिम मियाँले बताएका थिए। त्यसबेला एनआरएनएले एकमहिनाको कोठा भाडा र खाद्य सामाग्री उपलब्ध गराएको थियो। अहिले एनआरएनएले दोस्रो चरणको सहयोग हस्तान्तरण गर्ने तयारी गर्दागर्दै अकास्मत दूतावास गएर धर्ना बस्नुले आफुलाई आश्चर्यचकित बनाएको एनआरएनएका उपाध्यक्ष तथा उद्दार समितिका संयोजक पासाङ शेर्पाले बताए।

मंगलबार दिनभर दूतावासको गेट अगाडि धर्ना बसेका उनिहरुले खानेबस्ने प्रबन्ध सहित घरफिर्ताको लागि लिखित प्रतिबद्धता जनाउनुपर्ने माग राखेका थिए। बिहान ९ बजेदेखि दूतावासको गेटमा धर्ना बसेका उनीहरुलाई राजदूत कृष्णप्रसाद ढकालले एनआरएनएसंगको सहकार्यमा घर नफर्किउन्जेलसम्म खानेबस्ने प्रबन्ध मिलाएर फर्काएका छन्।

राजदूत ढकालले पीडितहरूको व्यवस्थापन गर्न युएईको उच्च निकायसँग समन्वय गरेको जानकारी दिए। काममा जाउ भन्दापनि नजाने , खान बस्न व्यवस्था गर्दा पनि चित्त नबुझाएको भन्दै उनले भने – “यस्तो विषम परिस्थितिमा दूतावासले अरू के गर्न सक्छ , यस्तो महामारीको अवस्थामा दूतावासमा आएर धर्ना बस्नु र होहल्ला गर्नु दुःखद कार्य हो।”

प्रकाशित: २४ वैशाख २०७७ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App