१६ आश्विन २०८१ बुधबार
image/svg+xml
प्रवास

बेलायतमा 'हाइक फर नेपाल'

काठमाडौं- ‘नेपाल भ्रमण वर्ष २०२०' प्रर्वद्धनको उदेश्यले बेलायतको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ भएको छ। ‘हाइक फर नेपाल’ भनिएको कार्यक्रमले संयुक्त अधिराज्यको उक्त सहरलाई करिब चारघण्टा नेपालमय बनाएको थियो। करिब १२ किलोमिटर लामो पैदलयात्रालाई ‘नेपालका लागि संगसंगै पाईला चालौं’ नारा दिइएको थियो। वि विल राइज फाउन्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ।

बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएको स्मरण गर्दै यसैकारणले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए। यस्ता कार्यक्रमले नेपालीहरु बीच सद्भाव, भातृत्व र सौर्हदता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने जनाए। ब्रेकनका सभासद क्रिस डेभिस, पोइज काउन्टी काउन्सिलका अध्यक्ष डेभिड मेराडिथ, ब्रेकन टाउन काउन्सिलका मेयर मेनी टेलर, उपमेयर एन म्याथिस, टलग्रेथ टाउन काउन्सिलका मेयर विलियम पवेल र यसै क्षेत्रका पूर्व मेयर लगायत बेलायतीहरुको समेत कार्यक्रममा बाक्लो उपस्थिती थियो।

पोइज काउन्टीका अध्यक्ष मेराडिथले नेपाललाई आफ्नो दोस्रो घर बताउँदै सुन्दर गाउँ धम्पुस र ब्रेकन बीच विशेष साईनो गास्न लागेको समेत खुलासा गरे। ‘यसैलाई आधिकारिकता दिन आगामी फ्रेबवरीमा १५ जनाको टोली लिएर हामी नेपाल जानेछौं, उनले थपे। यसका निमित्त सकृयतापूर्वक लागेका ब्रेकन नेपलिज सोसाइटीका प्रमुख सल्लाहकार खुशीमान गुरुङले यो हुन सके दुबै मुलुकले फाइदा लिनसक्ने बताए। नेपाल प्रर्वद्धनात्मक कार्यक्रममा बेलायतबासीका तर्फबाट सम्पूर्ण सहयोग रहने समेत गुरुङले बताए।

 

प्रकाशित: २२ श्रावण २०७५ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App