२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

न्युयोर्कको सोनाम ल्होछार

काठमाडौं-  ल्होछार अमेरिकाको न्युयोर्कमा बस्दै आएका तामाङ समुदायले आफ्नो मुख्य पर्व सोनाम ल्होछार भब्यरुपमा मनाएका छन्। तामाङ सोसाइटी अफ अमेरिकाले (टिएसए)शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रको आयोजना गर्दै ल्होछार मनाएको हो।

कार्यक्रममा अमेरिकमा नै जन्मिएका बालबालिकाहरुको तामाङ सेलो सहित नृत्य तथा गायन प्रस्तुत गरिएको थियो।

सांस्कृतिक कार्यक्रममा  गैर आवसीय नेपाली संघ अमेरिकाका अध्यक्ष केशव पौडेलले ल्होछारको शुभकामना दिदै ल्होछारले नेपाल चिनाएको धारणा राखे।

तामाङ सोसाइटी अफ अमेरिकाले सोनाम ल्होछारको अवसरमा ‘तामाङ भाषा र सस्कृतिमा’ विधावारिधी गरेका प्रोफेसर द्धय डेभिट होम्बोक, क्याथलिक मार्कलाई मानर्थ सदस्यबाट स सम्मान गरेका छन्। यस्तै, ओरिगन राज्यको पोर्टल्याण्डमा बस्दै आएका तेक्वान्दो खेलाडी विधान लामालाई सम्मान गरेका थिए।

ओलम्पिकको प्रर्दशनी खेलमा कास्य पदक विजेता तेक्वान्दो खेलाडी विधान लामालाई समेत मानर्थ सदस्य प्रदान गर्दे टिएसले सम्मान गरेका छन् । यस्तै तीन पटक सम्म सगरमाथाको सफल आरोहण गर्ने कर्ण बञ्जन तामाङलाई पनिसम्मान गरिएको थियो ।

सन् २००२ मा स्थापना भएको सोसाइटीले ल्होछारको उपलक्ष्यमा रहेक वर्ष सास्कृतिक कार्यक्रम राख्दै आएको सोसाइटिका अध्यक्ष शान्त बाबु थोकरले जानकारी दिए ।

अध्यक्ष थोकरका अनुसार यस पटकको सास्कृतिक ल्होछार कार्यक्रमले  न्यु योर्क बन्दै गरेको तामाङ साँस्कृति तथा बौद्ध केन्को भवन निर्माणका लागि पाँच हजार अमेरिकी डलर जम्मा भएको जानकारी दिए।

सोसाइटीले  छिट्टै नै न्युयोर्कमा सास्कृतिक केन्द्र भवन निर्माण सुरु गर्ने जनाएका छन्।

प्रकाशित: १८ माघ २०७३ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App