१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

मधेसमा दीपावली कहिले ?

मधेसमा आन्दोलन कायमै छ। सरकार आन्दोलनकारीको कुरा सुन्नुभन्दा इन्धनको विकल्पमा बढी घोत्लिएकत्त छ। मधेसी जनता संवधिान संसोधन भएर माग पुरा हुने आशामा उज्यालो दनि पर्खेर बसेका छन्।मधेसको राजनीतिक समस्या समाधान गर्न सरकार लचिलो नभएको र मधेसवादी दलको आरोप छ। अहिले देखिएका जटिलता समयमै समाधान नभए देशको सामाजिक, आर्थिक, शैक्षिकदेखिे विकास निर्माणमासमेत दीर्घकालीन प्रभाव पार्ने देखिएको छ। राज्य निर्मम छ। मधेशवादी दलको आन्दोलन थामिएको छैन। दुबै टस को मस नहुँदा दुःख जनताको थाप्लोमा थोपरिएको छ। मधेसमा एउटै प्रश्न उब्जेको छ–मधेसको दशैँ त्यसै बित्यो तिहार र छठमा पनि दीपावली नगर्ने?

सरकार वार्ताप्रति गम्भीर नभएको र ७५ दिन लामो आन्दोलन भैसक्दा पनि वार्ताहरु निश्फल भएका छन्। मधेसका स्वतन्त्र बुद्धिजिवीहरुमा राज्य दुई ध्रुबमा विभाजित भएकोमा चिन्ता छ। सरकारले नै वार्ताको वातावरण बनाएर आन्दोलनकारी शक्तिको चित्त बुझाउने कार्य गर्नुपर्नेमा पटकपटकका वार्ता सरकार तर्फको उदासिनताका कारण सफ भएनन्।

कोइराला सरकारले विगतमा संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावको स्वामित्व लिन नसक्नु, विगतमा संघीयता विरोधीको पहिचान बनाएकालाई वार्ताको संयोजक बनाउनु, सिमांकनको विषयमा सरकारमा सहभागी दलका केही नेताहरुले कुरो सुन्नै नचाहनु जस्ता तथ्यहरुले वार्तालाई परिणाममुखी बनाउन नसक्ने देखिन्छ। निर्णायक हुने भनिएका वार्ता सरकारी टोलीको ढुलमुले शैलीका कारण निरर्थक भएका छन्। हेर्दा लाग्छ मधेस र काठमाडौंको सत्ता पक्षको लडाइँले अझ केही समय खाने देखिएको छ। केही तत्वले मधेसी र पहाडीबीच फाटो ल्याउन खोज्ने षडयन्त्र गर्नु, मधेसीको आन्दोलनलाई भारतीय आन्दोलन भनी अघोषित रुपमा मधेसी राष्ट्रवादलाई अस्वीकार गर्न खोज्नु जस्ता दृश्यले राष्ट्रपेमी मधेसी जनताका लागि पीडादायक बनेका छन्।

सरकारमा सहभागी कतिपय दलका नेताले नै मधेसी मोर्चाको माग नै अस्पष्ट भएको बताउनुलाई मधेसका केही बुद्धिजिवीले अज्ञानताको पराकाष्ठा बताइरहेका छन्। आठ दलसँग मधेसका दलले विगतमा गरेको लिखित सम्झौतालाई लत्याएर आन्दोलनका कुरालाई वार्ताको टेबुलबाट समाधान गर्ने कुरा गरिरहँदा सम्झौता र वार्ताको नैतिकतालाई आठ दलले गुमाइसकेको मधेसी बुद्धिजिवीहरुले बताउने गरेका छन्। तर उनीहरुको के आशा रहेको छ भने आउँदा दिनमा तीन दलको दानापानीमा आफ्नो बौद्धिकतालाई बन्धकमा राखेका राजधानी केन्द्रित बुद्धिजीवीहरुले पनि मधेसलाई बुझ्ने स्तरको तत्वबोध गर्नेछन्।

विगतमा भएको सम्झौताकै आधारमा अन्तरिम संविधान २०६३ मा राखिएको गणतन्त्रलाई नेपालको संविधान (२०७२) ले स्वीकार गर्दा स्वायत्त मधेशसम्बन्धी प्रावधानको बारेमा उल्टो बन्न पुग्नुलाई बौद्धिकता र नैतिकता दुवै धरातलमा नमिल्ने सन्दर्भलाई मधेसमा हेक्का राखिएको छ।

नेपाल–भारतका बीचमा रहेको बेटीरोटीको सम्बन्धलाई सरकारी र राजधानी केन्द्रित बुद्धिजीवीले भारतीयहरुको एजेन्डा बनाएको र भारतको आडमा आन्दोलन गरिरहेको एकोहोरो प्रलाप गरिरहेको यथार्थलाई पचाउन सकेका छैनन्। कसैलाई दोषारोपण गर्नुभन्दा यथार्थ बुझ्नु बुद्धिजीवीको कर्तव्य भएको बताइरहेका छन्। आज उछालिएको एकांकी राष्ट्रवादमा मधेसी बुद्धिजिवीले राष्ट्रिय एकताको बहुआयामिक राष्ट्रवाद खोजिरहेका छन्।

मधेसी जनताले कसैको हार र कसैको जीत भन्दा देशको जित हुने दिनको खोजीमा छन्। त्यो दिन नै मधेसमा दीपावलीको दिन हुनेछ । त्यो दिन कहिले आउने ? मधेसी जनताको प्रश्न छ– हामीले दीपावली कहिले मनाउने ?

प्रकाशित: १३ कार्तिक २०७२ २३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App