'कुनै पनि देशको समृद्धि र बर्वादी यदी बुझ्नु छ भने सबभन्दा पहिले तिनको सडक हेरेपुग्छ ।'
मैले यो उद्दरण भन्ने व्यक्तिको नाम र प्रसंग बिर्सें । तर यी शब्दले मलाई हरेक दिन चिमोटिरहन्छ । काठमाडौंका सडकमा चिप्लिरहँदा पलपल यो वाक्य खट्किन्छ । म केही गर्न सक्दिन । साँघुरो धुलैधुलो र जामयुक्त सडक तीनमा निसास्सिएको छ मेरो दैनिकी । तिनमा लट्किएको छ मेरो हरेक दिनको योजना । बाटोको जाम जस्तै मेरो देशको अर्थतन्त्र पनि जाम भएको छ । साँघुरो सडकबाट फराकिलो सडक चोकमा गुडिरहेका गाडिलाई हेर्दा यस्तो लाग्छ सानो दुलोबाट असंख्य कमिला अटाइनअटाइ निस्किरहेका छन् ।
साँच्चै घरदेखी सुन्धाराको बागदरबारसम्म रहेको मेरो कार्यालय आउँदा हरेक दिनको नयाँ जोश ट्राफिक जाममा बेस्सरी ठोक्किन्छ । सवभन्दा पहिला माइतीघरको ट्राफिक जाम अनि त्यसपछि त्रिपुरेश्वरको जाम अनि तीनलाई छिचोल्दै म पुग्छु दशरथ रंगशाला अगाडिको ट्राफिक जाममा । अनि फेरी थकित मुद्रामा अफिस आएर समाचार स्रोतले दिएको समयमा पुग्नु फेरी अर्को पौंठेजोरी खेल्नुसरह हो जस्तो लाग्छ । जाममा रोकिनुपर्दा मोटरसाइकलको एक्सिलेटर क्लच लिएर घुमाइरहँदा मेरो दाँत कैयौंपटक रगडिएर लाचार सरकारप्रति रोष प्रकट गर्छन् । अगाडि पछाडी थुपैं गाडिको बीचमा ट्राफिक जाम सामना गरिरहेका बेला अंग्रेजी फिल्मको चर्चीत चरित्र सुपरम्यान जस्तै उडेर जाम क्रम गरौं झैं लाग्छ । झन् आकाशबाट पानी झमझम परेको बेला होस अनि चोक चोकमा जाम होस-यो झन् अत्यासलाग्दो अर्को दृष्य हो । जुन वर्षातको बेला खासगरी कार्यालय समयमा काठमाडौंमा देख्न सकिन्छ ।
राम्रो सँग पिच नगरिएका र पानीको निकास व्यवस्थित नभएका सडक सुख्खा भएपछि वेस्सरी धुलो उड्छ । त्यस्तो धुलाम्य बाटो हुदै गुजि्रंदा ज्याकेट त हेर्नै नसकिने हुन्छ । टक्टक्याएर मात्र कपडा सुकिलो हुदैन कति पो धुनु फेरी स्वासप्रस्वासको स्वास्थलाई जिवित राख्न मास्क पनि लाउनै पर्यो । चस्मा पनि आवश्यकता भएकाहरुलाई मास्क लाउनु झन सास्तीपूर्ण हुँदोरहेछ । मास्कबाट आएको वाफिएको हावा चस्मामा पुग्दा पानीका कण जमेर शुरुमा हेर्नै समस्या हुने । आजभोली धुवाँ र धुलोले गर्दा चस्मा लगाउँदा पनि मेरो आँखा चिलाउन थालेको छ । सायद यो म जस्ता अन्य धेरै काठमाडौंवासीको समस्या हो कि
त्यसै त उपत्यकामा सवारी साधनको बढ्दो चाप छ त्यहाँमाथि विभिन्न अधिकारवादीको धर्ना जुलुस र र्याली पनि सडकमै चिप्लिन्छन् । आन्दोलन र सडक जाम गरेर मात्र समाधान हुन्छ भन्ने मानसिकता बलियो भएको अहिलेको परिस्थितिमा यस्ता र्यालीहरुले जामलाइ अझ बलियो बनाएका छन् ।
घटना बिहिबारको हो मोटर बाइक चढेदेखी सानातिना दुर्घटनामा पनि नपरेको म सानोठिमी तिरको बाटो हुँदै जडिबुटिनिर आइपुग्दा बालुवामा चिप्लेर लडें । भाग्यवश हातखुट्टा भाँचिएन पछाडिबाट कुनै गाडिले पनि आएर किचेन मैले चढेको बाइकले कसैलाइ ठक्कर पनि दिएन अनि म बाहेक अरु कोही घाइते पनि भएन । खाली घुँडा र हत्केला दरखररियो दरखिरंदा सामान्य घाउ मात्र भयो । आफु लडेको ठाउँबाट जुरुक्क उठेर बाइक उठाउँदै स्टार्ट गरेर चलाउन लाग्दा छेउमा दुइजना ठिटा बाइक रोकेर बसेका रहेछन् । मलाइ हाँस्दै भन्दै थिए- तीन नंबर । खासमा त्यतिबेला मसहित तीनजना त्यो ठाउँमा पछारिएका रहेछन् । कामविशेषले भक्तपूर जाँदा अरनिको हाइवेको बाटोमा धुलैधुलो भएकोले फर्किंदा बाटो परिवर्तन गरेको थिएँ ।
साँघुरो बाटो भएपनि उपत्यकाका प्लसटु कल्चरका ठिटाहरु अलिकति ठाउँ पायो कि मोडिफाइड बाइकमा आफुलाई अंग्रेजी टेलिसिरियल द फ्ल्यासको पात्र झैं ठानेर हुईकिन्छन् । तिनीहरुको नजिकैबाट गुजि्रने हरकोही चालकले बालबाल बचेको भन्ठान्दाहुन् ।
मलाइ मोटरबाइकमा िहंडिरहँदा सबभन्दा रिस ओभर हेड मुनीबाट बाटो काट्नेहरुदेखी लाग्छ । सडक दुर्घटनाबाट बच्न बटुवाहरुका लागि ओभरहेड पुल राखिएका छन् ठाउँठाउँमा तर त्यसबाट बाटो काट्नुपर्छ भन्ने कुरालाई किन सवैले मनन् गर्न सकेका छैनन् । उनीहरुलाई किन थाहा छैन ओभरहेड मुनिबाट बाटो काट्दाकाट्दै कुनै सवारीले किच्यो भने सवारीचालकलाइ कानुन लाग्दैन भनेर आज विहान केही समय पैदल हिड्दा ललितपूर पार्टी प्यालेस बिशाल बजार अगाडिको ओभरहेड बि्रज निर पुगें । त्यो बि्रजका खुट्कीला मान्छे निहंडेर लेउ लागेका रहेछन् । हुलका हुल मानिस बि्रज मुनिबाट बाटो काटिरहेका छन् पुल ठिङ्ग उभिएको छ प्रयोजनविहिन भएर । माल पाएर चाल नपाएको भन्ने यही हो कि सवभन्दा टिठलाग्दो कुरा त ट्राफिकको अगाडि नैं जथाभावी बाटो काटिरेहका छन् । निरिह ट्राफिक केही भन्न सक्दैन ।
पहिले धेरै लामा ट्राफिक जाम हुने शहरहरु दिल्ली र इस्लामावादमा आजभोली फराकिला सडक छन् । फराकिला सडकमा हुईकिने नागरिकले आफ्नो अर्थतन्त्रलाई पनि चुस्त बनाउँदै गति दिइरहेका छन् । सडक सबल अर्थतन्त्रको शुरुवात हो । फराकिला सडक जाममुक्त जिन्दगी फराकिलो अर्थतन्त्र । सडक नागरिकको गति हो जवसम्म यो अवरुद्ध भइरहन्छ तबसम्म देशको प्रगति ठप्प रहन्छ । हाम्रो देशका नीति निर्माताले यो कुरा कहिले बुझ्लान र खै
प्रकाशित: २७ भाद्र २०६६ ०४:४० शनिबार