यो पत्रिकामा विज्ञापन छपाउनका लागि प्रकाशकले विज्ञापनदाता समक्ष कुनै छुटको प्रस्ताव पेश गर्दैनन्। उनीहरु हरेक महिना एघार पृष्ठभन्दा बढी विज्ञापन छाप्दैनन्। विज्ञापन पाउनका लागि उनीहरुको म्यागाजिनमा कुनै प्रबद्र्धनात्मक फिचर पनि छािपंदैन। तै पनि व्यवसायी र विज्ञापनदाता यो पत्रिकामा आफ्नो प्रचार सामाग्री छापिनुलाई गर्वको विषय ठान्छन्। युरोपका अधिकांश पत्रिका विश्व आर्थिक मन्दी र न्यूमिडयाको चपेटाका कारण बिक्रीमा लगातार गिरावट खेपिरहेका बेला ब्राण्ड आइन्स भने नाफामा छ र यसको बिक्री दर बढ्दो छ। एक लाख १० हजार प्रति छापिने ब्राण्डआइन्समा उस्तै मासिक बिजनेश म्यागाजिनको तुलनामा ५ गुणा कम विज्ञापन छापिन्छन्।
ब्राण्डआइन्सको मुख्य विशेषता नै यसको आचारसंहीता हो। हो आचार संहिता। यो आचारसंहितालाई उक्त पत्रिकामा आवद्ध सबैले अनुशरण गरेका छन् नैं यो नैं यसको पूँजी बनेको छ। पत्रकारका लागि भनेर सरकारले कुनै वस्तु वा सेवामा दिने सुविधाको पनि उनीहरु उपयोग गर्दैनन्। साना तथा मझौला उद्योगको सफलताको कथामा र तीनका समस्यालाई आफ्नो कार्यथलो बनाएको यो बिजनेश म्यागाजिन साक्षर मात्रको पढाइले पनि आफ्नो म्यागाजिन बुझोस भन्ने मान्यता राख्छ। मुद्रा स्फिती जिडिपी क्रेडिट क्रन्च जस्ता शब्द आम पाठकले सजिलै बुझ्छन् भन्ने छैन माल्सर भन्छन् यसले के असर गर्छ र यो भनेको के हो भन्नेतर्फ हामी केन्द्रित हुन्छौं।
म्यागाजिनले ४ देखी ५ पेज लामा खोजमूलक रिपोर्टिंगलाई १८ सय देखी २ हजार युरो सम्म तिर्छ। युरोपमा पनि ४ पेजनका लागिव यो रकम मनग्गे हो। यसमा लेख्ने फ्रीलान्सरलाई पनि म्यागाजिनका सम्पादकले इमान्दारिताको कसीमा जोख्छन्।
नेपाल सन्दर्भ
समाचार लेखनको आचार संहीता त नेपाल प्रेस काउन्सील र नेपाल पत्रकार महासंघले आम प्रेस र पत्रकारका लागि भनेर निकालेका छन्। तर पत्रकारको आचरण र व्यवहारको बारेमा भने पत्रकारपिच्छे फरकफरक अभ्यास होलान्। पत्रकार कसैबाट प्रयोग हुनु हुदैन समाचार लेखेबापत आर्थिक वा अन्य लाभ लिनुहुँदैन घुस खानु हुँदैन भ्रष्टाचार गर्नु हुदैन यी त भए सर्वत्र लागू हुने आचारका कुरा।
मैंले ब्राण्ड आइन्सको कुरा नागरिक दैनिकका आर्थिक ब्यूरो प्रमुख विजय घिमिरेलाई भनिरहँदा उनले नेपाल आर्थिक पत्रकार समाजका संस्थापक अध्यक्ष प्रतिक प्रधानले पत्रकारिता आचारको लागि गर्नुभएको प्रभावकारी कदमको स्मरण गराए। घिमिरेका अनुसार जतिबेला नेपालमा आर्थिक पत्रकारिता भर्खरभर्खर शुरु भएको थियो त्यतिबेला विदेसमा आधारित प्रतिष्ठित सँस्थाले पनि पत्रकार सम्मेलनको अन्तमा पत्रकारलाई खाममा हालेर निश्चित रकम दिनेरहेछन् । मुलधारका केही पत्रिकाबाहेक अधिकांशले त्यस्तो खामबन्दी रकम लिनेरहेछन् । यो कुरालाई तत्कालिन दि काठमाण्डु पोष्टका सम्पादक रहनुभएका प्रतिक प्रधानले सम्पादकीयमार्फत अनइथिकल भनेर लेखेपछि त्यस्तोपरिपाटी बन्द भएको थियो। त्यसपछि पत्रकारसम्मेलनको अन्तमा पत्रकारलाई केही न केही उपहार दिने चलन विस्तारै दुरुत्साहित हुन थाल्यो। मुलधारका पत्रकारले यस्तो उपहार लिन अस्विकार गरेपछि उपहार दिने चलन व्यापारिले आयोजना गर्ने कार्यक्रममा पनि कम हुदै गएको छ।
घिमिरे आर्थिक पत्रकारले किताब, पेन र डायरी बाहेकका उपहार लिन नहुने बताउँछन्। माल्सर पनि यो कुरामा सहमत छन्। तर अफ्रिका केही देशमा अझै पनि केही दातृ निकायको पत्रकार सम्मेलनको अन्तमा खाममा पैसा हालेर दिने चलन अझै पनि रहेछ। तान्जिनियाँकी पत्रकार हसिना अल्फोन्सका अनुसार त्यस्तो खामबन्दी रकमलाई स्वीकार गर्नु त्यहाँ सामान्य मानिन्छ। त्यसरी दिइने रकमको निश्चित हिस्सा सम्पादकलाई पनि दिनुपर्ने चलन रहेको हसिनाले बताइन् । हसिनाको कुरा सुनेर टाइम्स अफ इण्डियाकी संवाददाता सुरभी भाटियाले अचम्म मानिन्। जर्जियाकी भोइस अफ अखाजियाको समाचार प्रमुख तमुना खोमेरिकी र अजरबैजानकी डायना इसाएभा कमिदले पनि आफ्नो देशमा यसप्रकारको परिपाटी नभएको बताए। तालिमको सन्दर्भमा जर्मनीको ह्याम्बर्गमा भेला भएको २१ विकासशिल देशका युवा पत्रकारले पत्रकारिता आचारका बारेमा आफ्ना आफ्ना देशका अनुभव साटासाट गरे।
प्रकाशित: १२ भाद्र २०६६ ०३:४९ शुक्रबार