केशवप्रसाद पौडेल
राज्यको सञ्चावलन सरकारले गर्दछ । राज्य संचालनको स्थिर सरकारको रूपमा राज्य प्रशासनलाई लिइन्छ । राज्य प्रशासनभित्र निजामति प्रशासन, शिक्षा प्रशासन, स्वास्थ्य प्रशासन, न्याय प्रशासन लगायत ती सबै प्रशासनिक निकाय वा अंगहरू हुन् जसको भौतिक विकास र आर्थिक भार राज्यले बहन गर्ने गर्दछ । राज्यको सञ्चालन राजनैतिक नेतृत्वबाट हुने गर्दछ ।विभिन्न देशहरूको आआफ्नै शासकीय स्वरूप हुने गर्दछ । त्यही शासकीय स्वरूप नै उक्त देशको राजनैतिक मार्गचित्रको रूपमा रहेको हुन्छ । उन्नति, प्रगति र समृद्धिको मार्गदर्शक सिद्धान्त हुन्छन् ।दर्शन हुन्छन् । नागरिक स्वतन्त्रता र विकासका अचुक मन्त्र समेत मानिन्छन् । तिनै दर्शन र सिद्धान्तहरू नै उक्त देशको राजनैतिक संस्कारको रूपमा विकसित भएको पाइन्छ । त्यही मान्यता रही आएको देखिन्छ। उल्लिखित कुराहरू राज्य र राष्ट्रको राजनैतिक पहिचान समेत बनेर रहेका हुन्छन्। सभ्यताको कारक हुन्छन् ।राज्य, नागरिक र समग्र देशको उज्वल भविष्य हुन् ती । ति सिद्धान्त, दर्शनहरूको कार्यान्यवनका लागि राज्यले आफ्नो मूल कानूनमा त्यस्ता विषयहरूको उठान गरी निर्माण गरी लागु गर्ने चलन पनि रहेको पाइन्छ ।
मूल कानूनले व्यवस्था गरेबमोजिम सरकार गठन हुने परिपाटी समेत रहेको हुन्छ। त्यही कानूनद्वारा निर्दिष्ट उक्त सिद्धान्त र दर्शहनरूको आधारमा सरकारले आफ्नो कार्याकारिणी अधिकार प्रयोग गरी राज्य सञ्चासलन गर्ने गरेका हुन्छन् । त्यसरी नै राज्यको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चासलन गर्ने अभिभारा सहित सरकारको गठन हुने गर्दछ र उक्त गठित सरकारले सो देश र सरकारको नाममा कार्यकारिणी सम्बन्धी सम्पूर्ण कार्य गर्ने गरेको पाईन्छ । यसरी गठित सरकार हाम्रो जस्तो मुलुकमा विभिन्न राजनैतिक स्वार्थ, आन्तरिक एवं वाह्य दवाव र प्रभावको कारणले अस्थिर हुन जाने गरेको यथार्थता हाम्रो सामु जगजाहेरै छ। फलस्वरूप निर्वाचनको माध्यमबाट होस् वा संवैधानिक अन्य प्रावधानबमोजिम गठित स्थायी सरकार पनि विविध कारणले छिटो छिटो परिवर्तन हुने र स्थायित्व ग्रहण गर्न नसक्ने अवस्था रहेको देखिन्छ।निर्वाचनको माध्यमबाट निर्वाचित जनप्रतिनिधीहरूमार्फत निर्मित सरकारले एक पूर्ण कार्यकाल समेत सुविधाजनक तरीकाले उपभोग गरिरहन नसक्ने विडम्बनाका कारण पनि राज्य सञ्चाहलक सरकारलाई अस्थिर सरकारको रूपमा परिभाषित गरिँदै आएको देखिन्छ। सरकार अस्थिर भएता पनि राज्य सञ्चाकलनको समग्र अभिभारा पनि सरकारकै हो । सरकारले राज्यका नीति, निर्देशन र सिद्धान्तहरूको दस्तावेजीकरणको प्रयोग र पालना योग्य बनाउने, प्रयोग गर्ने, मानव अधिकार एवं मौलिक अधिकारको रक्षा गर्ने, कानूनहरूको निर्माण गर्ने, राज्यको मूल कानूनले तोकेबमोजिमका विभिन्न ऐन, नियम र कानूनको निर्माण गरी राज्यलाई मार्ग निर्देश गर्ने, समयानुकूल राज्यका कानूनहरूको फेरबदल, हेरफेर, नयाँ निर्माण र पुरानो संसोधन गर्दै राज्यको विकास र नागरिकमा समृद्धिको पाटालाई निर्क्यौलमा पुरयाउने काम फेरि पनि सरकारले नै गर्दछ । राज्यको मुल कानूनले निर्दिष्ट गरेबमोजिम प्रशासनिक अंगहरूको निर्माण, गठन र सञ्चारलन भएको हुन्छ। प्रशासनका र प्रशासनिक अंगहरूले सरकारले निर्माण गरेका कानूनहरू र नीति निर्देशन र सिद्धान्तको उचित कार्यान्वयन गर्ने, नागरिकलाई उचित सेवा प्रवाह गर्ने, राज्य र सरकारप्रति सकारात्मक धारणा विकास गराउने, समृद्ध र सुखी नागरिक बनाउने काममा भने राज्य प्रशासनको अहं भूमिका रहेको हुन्छ ।
सरकारद्वारा निर्मित सबै कानूनको उचित कार्यान्वयनको जिम्मा राज्य प्रशासनको हुन्छ।यसरी राज्य प्रशासन सञ्चालन गर्ने प्रशासकहरूको नियुक्ति कानूनबमोजिम गरिएको हुन्छ।कानून बमोजिमको निश्चित प्रकृया पूरा गरी राज्य प्रशासन सञ्चाकलन गर्ने व्यक्तिहरूको समूहलाई कर्मचारी भनिन्छ । कर्मचारीको सेवा, सुविधा सुनिस्चितता गरिएको हुन्छ । पदको अवधि तोकिएको हुन्छ । वृत्ति विकासका आधार, प्रकृया र चरणहरूको स्पष्ट खाका तयार हुन्छ । तिनै विषयहरूलाई ऐनमा समावेश गरी कर्मचारीको जागिरको सुनिस्चितता गरिएको हुन्छ। लामो समयसम्म नागरिक समक्ष राज्यको तर्फबाट प्रदान गरिने सेवा सुविधा प्रवाह गर्ने पहिलो रेखामा सबैभन्दा अगाडि कर्मचारीहरू नै उभिएका हुन्छन् र सेवा प्रवाह गरिरहेका हुन्छन् । यी सबै प्रावधानहरूले राज्य प्रशासनलाई स्थायी सरकारको रूपमा परिभाषित गरिँदै आएको देखिन्छ। पढेलेखेका, दक्ष र सक्षम नागरिकहरू नै राज्य प्रशासन सञ्चालनका महत्वपूर्ण हिस्सा हुन भन्न सकिन्छ । लाग्छ देशकै बुद्धिजीवी, जानेबुझेका, ज्ञानि र सभ्य नागरिकमध्ये कर्मचारीहरू पनि पर्दछन्। आफ्नो जिम्मेवारी र जवाफदेहिताका लागि कर्मचारीहरू अनुशासित, इमानदार, सभ्य, सुसंस्कृत हुन्छन् । राज्य, सरकारप्रति बफादार हुन्छन् । नागरिकप्रति अनुगृहित हुन्छन् भन्ने समेत मानिन्छ ।
हुन पनि देशको स्थायी प्रशासन भनेको समग्र देशको वास्तविक ऐना पनि हो। जसलाई देशका नागरिकको बौद्धिक स्तर, ज्ञानको तह, चेतनाको लहर, शिक्षाको गुणस्तर र बुद्धि र विवेक मापन यन्त्रको खुडकिलोको रूपमा लिन सकिन्छ। वास्तवमा प्रशासनलाई हेर्दा यस्तै देखिन्छ। राज्य प्रशासनमा यावत अन्य विविध समस्याहरू होलान् तर ती सबै छोडेर आज व्यवहारिक तिखो समस्या निवारणका लागि उजागर गर्ने जमर्को गरिएको छ। आन्तरि रूपमा जरो गाडेर बसेको समस्यालाई उजागर गर्ने प्रयास हुनेछ।वास्तवमा मानिसले आइरन लगाएर सुकिलोमुकिलो लुगा लगाएर, अत्तर घसेर उज्यालो अनुहार पारेर, झिलिक्क पर्दैमा, व्यक्तिको झिल्के स्वरूपका आधारमा उक्त मानिस कति असल, इमानदार, भद्र वा राम्रो वा नराम्रो भनेर छुट्याउन सकिँदैन ।कुनै पनि मानिस कुर्सीमा बस्नेबित्तिकै ज्ञान, वुद्धि, विवेक, दक्षता र सक्षमताले भरिएको हुँदैन । शिक्षा, ज्ञान, वुद्धि, विवेक र चेतना भनेको कुर्सी र पदले दिने कुरा हैन । यहाँ कुर्सी र पदमा बस्नेबित्तिकै कोही महान् ज्ञानी हुने, सर्वज्ञ हुने ठानिन्छ। नजाने पानि जानेकै हो भन्ने स्वाङ पार्ने प्रवृत्तिले डेरा जमाएको देखिन्छ। विभिन्न पृष्ठभुमि, आचरण, संस्कार, सभ्यता र परम्पराबाट अगाडि बढेका र विभिन्न जात, जाति, भाषा, धर्मा, लिङ्ग, वर्ग, वर्ण, समुदाय र क्षेत्रका मानिसहरू कानून बमोजिमको प्रकृया पूरा गरी शैक्षिक प्रमाणपत्रको तहका आधारमा निश्चित मापदण्डका पुस्तकको अध्ययनपछि परीक्षा दिई पास भई अन्तर्वार्ताका विभिन्न प्रकृया एवं चरणहरू पूरा गरी जागिर खाएको हुन्छ कर्मचारी। वास्तवमा मान्छे आफ्नो सोच, अन्यसँगको व्यवहार र उसको पृष्ठ संस्कारले नै असल र खराब हुने छुटिन्छ । यसो भन्दैमा कोही व्यक्ति विशेषको कुरा गर्न खोजिएको हैन यहाँ । यसरी हेर्दा राज्य प्रशासनमा निहित रहेको पोल प्रथा र गाली संस्कार भनेको के हो ।
यो राज्य प्रशासनमा कसरी हुर्किएर मौलाएको छ ? यसले राज्य प्रशासनमा के कस्तो असर पारेको छ ? र यसको उचित व्यवस्थापनको लागि के गर्न सकिन्छ भन्ने विषयमा यो आलेख तयार पारिएको हो । हाम्रो देशको राज्य प्रशासनमा टिकेको प्रमूख आचरण मध्येको एक आचरणका रूपमा मौलाएको विषय भनेको पोल प्रथा र गालि संस्कार पनि हो।जुन प्रमूख जड समस्याको रूपमा रही आएको छ । कसैले माने पनि नमाने पनि यो प्रथाले नराम्ररी हुर्किने, मौलिने, झाँगिने अवसर पायो, जताततै फैलियो र धेरै कर्मचारीहरू यसको सिकार भए । कति पीडित भए त कति पिडा भोग्दैछन । कति अझै भोग्ने हुन । यकिन छैन ।यो नै राज्य प्रशासनको मुल कु-संस्कार हो । असभ्यता को पराकाष्ठ हो । यसले राज्य प्रशासनमा संस्कारको रूपमा मौलाउन पाउनु, परम्परा नै धानि आउनु र सभ्यताकै रूपमा विकसित भएर आउनु बढो चिन्ता जनक कुरा हो।यो प्रथाकै रूपमा आएको छ। संस्कारको रूपमा आएको छ। परम्पराको रूपमा आएको छ। बिकसित सभ्यताको रूपमा आएको छ ।यसले नराम्ररी राज्य प्रशासनमा जरा गाडेको छ भन्दा अत्युक्ति नहोला । राज्य प्रशासनमा कर्मचारीलाई बिभिन्न तहमा विभाजन गरिएको पाईन्छ । बिभिन्न पद र तहमा बर्गिकरण गरी प्रशासन सञ्चानलन गरिएको देखिन्छ।पिरामिडिय पद सोपानका आधारमा प्रशासन सञ्चादलन भएको देखिन्छ ।
विभिन्न श्रेणी र तहका आधारमा पदलाई विभाजन गरिएको छ। श्रेणी विभाजनमा पनि दुई प्रकारले कर्मचारीलाई छुट्याइएको पाइन्छ । पहिलो, राजपत्रांकित जुन नेपाल राजपत्रमा नामावलीसहित सूचना प्रकासित गरिन्छ। जो कार्यालयका प्रमुख हुन योग्य मानिन्छन् वा भनौ राज्यको तर्फबाट भएगरेका काममा हस्ताक्षर गर्न पाउने अधिकार उनीहरूमै रहेको हुन्छ र कानूनबमोजिम आआफ्नो भूमिकामा रही कार्य सम्पादन गर्ने गरेको पाइन्छ । जसले राजपत्र अनंकित कर्मचारीहरूलाई कार्य गर्न निर्देशन दिने, आवश्यक परे कानूनले तोकेबमोजिम नियमावलीहरू निर्माण गर्ने, विनियमावली निर्माण गर्ने, आन्तरिक अनुशासन र आचरणको दस्तावेजीकरण गर्ने, पालना गर्ने, लागु गराउने, राज्यप्रशासनको सवलीकरणमा अर्थपूर्ण र सार्थक भूमिका निर्वाह गर्ने, विभिन्न निर्देशिकाहरू जारी गर्ने, राज्यका ऐनकानून कार्यान्वयन गर्न तल्ला तहका कर्मचारीहरूलाई उचित तवरले खटाउने, आदेश दिने लगायत यस्तै अन्य कार्य समेत गर्ने गर्दछन् भने दोस्रो, राजपत्र अनंकित कर्मचारीहरू जसको नामावलीसहितको सूचना नेपालको राष्ट्रिय पत्रिका गोरखापत्रमा प्रकाशन गरिन्छ र ती कर्मचारीहरू गोरखापत्रांकित भनेर समेत बुझाउने गरेको पाइन्छ ।
राजपत्र अनंकित कर्मचारीहरूको काम भनेको कार्यालयका सम्पूर्ण कामकारवाही आफैले गरी कार्यालय प्रमुख समक्ष असल नतिजा पेश गरी हस्ताक्षर गराउने चरण सम्मका सबै ईतिश्री काम उनीहरूको हातमै हुने गरेको देखिन्छ। नागरिकलाई प्रत्यक्ष सेवा प्रवाह गर्नेदेखि कार्यालय प्रमुखका काममा समेत प्रत्यक्ष सहयोगमा उनीहरूको महत्वपूर्ण भूमिकासहित योगदान रहेको हुन्छ ।यसरी हेर्दा ऐनको माध्यमबाट कर्मचारीलाई राजपत्रांकिततर्फ अति विशिष्ट श्रेणी वा सो सरह, विशिष्ट श्रेणी वा सोसरह, राजपत्रांकित प्रथम श्रेणी वा सोसरह, राजपत्रांकित द्वित्तिय श्रेणी वा सोसरह, राजपत्रांकित तृत्तिय श्रेणी वा सो सरह र राजपत्र अनंकिततर्फ राजपत्रअनंकित प्रथम वा सोसरह, राजपत्र अनंकित द्वित्तिय वा सो सरह, श्रेणीविहीन गरी निजामती लगायत न्याय प्रसासनमा पदको वर्गी करण गरी विभिन्न सेवा समूहमा रहेका हुन्छन् र सोही बमोजिम जिम्मेवारी वहन गरिरहेको हुन्छ ।
जे जसरी कर्मचारीको पद सोपान होस् यी सबै भित्र मौलाएको एउटा गजवको प्रथाजन्य एवं संस्कारसहितको विशेषता भनेको पोल प्रथा र गाली संस्कार नै हो ।यसको बनोट र संरचना पनि गजवको हुन्छ । यहाँ सानो पद, तह र श्रेणीबाट ठूलोतर्फको पद, तह र श्रेणीमा पिरामिडीय आकारमा पोल प्रथा निहित छ भने त्यसको उल्टो पिरामिडमा ठूलो पद, तह र श्रेणीबाट सानो पद, तह र श्रेणीतर्फ गाली संस्कार निहित छ।एक कर्मचारीबाट अर्को कर्मचारीको बारेमा चित्त नबुझेको विषयमा आफु भन्दा माथिल्लो कर्मचारीलाई पोल गर्ने चलन छ।त्यसलाई गुनासो गरेको भनिन्छ ।गुनासोलाई समस्या समाधानको सकारात्मक पाटोबाट हेरिन्छ। यसको सुनुवाइमा विवेकपूर्ण न्यायको बाहुल्य चाहिन्छ । जहाँसम्म पोलको कुरा छ। त्यो न्यायिक ढंगले उक्त पोलको सुनुवाइ हुँदैन ।सुनुवाइ गर्नेले पनि आफ्नो हित, समूह र पक्षको रहेछ र आफ्नो स्वार्थसिद्ध हुने खालको रहेछ भने तुरून्त सुनुवाइ गरिहाल्ने परिपाटी देखिन्छ र कार्यान्वयन समेत हुने गरेको देखिन्छ। आफ्नो हित समूहको रहेनछ र हित समूहको रहेछ भने पनि आफ्नो स्वार्थ पूरा गर्ने खालको रहेनछ भने टारिदिएर पठाउने र उल्टै कारवाहीको भागीदार हुने अवस्थाको सिर्जना हुने गरेको देखिन्छ । यो पूरै नातावाद, कृपावाद, लम्पसारवाद र जीहजुरीमा आधारित हुन्छ । तसर्थ पोल तल्लो तह र श्रेणीकोले माथिल्लो तह र श्रेणीको कर्मचारीलाई अर्काको चाहिदोनचाहिदो एवं भएनभएको कुरा कहिलेकाही वा निरन्तर सुनाउने प्रवृत्ति हो ।
यसमा पोल सुनाउने पीडित र अर्को पक्ष पीडकको रूपमा देखाइन्छ ।वास्तविक पीडित र पीडक को हो भनी छुट्याउन त्यत्तिकै गाह्रो हुन्छ। यसमा दुवै पक्षको निष्पक्ष सुनुवाइ, यथार्थता, वास्तविकता, पारदर्शिता, जवाफदेहिता लगायत विषयहरू सत्य, तथ्य छानविन गरेपछि मात्रै निर्क्योलमा पुग्न सकिन्छ । तर यसो गरिँदैन । पोलको सम्बन्धमा कुरा गर्ने हो भने शक्तिको नजिक जो छ त्यसले सुनाएको पोल अन्धभक्त भएर सुनुवाइ गर्ने प्रचलन छ र त्यो परम्पराको रूपमा विकसित भएर जबरजस्ती अगाडि आएको देखिन्छ।लोलोपोतो जिहजुरीवाद र चाकडीबाजहरूले निरीह कर्मचारीको झूटो कुरा लगाई पीडितलाई नै उल्टै कारवाही गरी पीडक झन् चर्को तानासाहका रूपमा बसेको अवस्था पनि रहन्छ। पोल सुन्ने निकाय भनेको शक्ति सम्पन्न पद र पदासीन व्यक्ति नै हो । आफ्नो स्वार्थ र हित समूहको व्यक्तिले सुनाएको पोल रहेछ भने निजकै पोलका आधारमा नै शक्तिले आँखामा पट्टी लगाएर कडा कारवाही गरिदिन्छ ।यसरी हजारौ निरीह कर्मचारी विनाकारण सजायको भागीदार बनेका उदाहरण धेरै छन् ।
कसैले लगाएको गलत कुराको बवस्तविकता र यथार्थता नबुझी, सत्यताको परिक्षण नगरी, वस्तुस्थितिको विश्लेषण नगरी, धरातलीय यथार्थ नबुझी, शक्तिको आडमा निरीह कर्मचारीलाई गालीगलौज गर्ने, कुर्सी, शक्ति र पहुँचको भरमा असभ्य दुर्वचन गर्ने र चरम सामन्त र तानासाहको रूप देखाई दिनहुँ हुर्मत लिइरहने परम्पराको रूपमा गाली संस्कार मौलाएको देखिन्छ। यसरी हेर्दा गाली संस्कार पोल प्रथाको उल्टो श्रेणीबाट ज्यादती पुर्ण बर्बर ढंगले घोप्टिएको हुन्छ र कमजोर र निरीह कर्मचारीप्रति खनिइरहेको हुन्छ।
असल, इमानदार र कर्मठ कर्मचारीलाई नालायक बनाइन्छ । उनीहरूको इज्जत, मान, प्रतिष्ठा र मानव मर्यादाको धज्जी उडाइन्छ । योजना बनाईबनाई फसाई सबैभन्दा खराब देखाउने प्रवृति हुन्छ गाली संस्कारमा । गाली संस्कारले गालीबाहेक केही हेर्दैन, ऊ सत्य खोज्नै चाहँदैन, यथार्थ सुन्नै सक्दैन, वास्तविकता हेर्नै सक्दैन र चरम असभ्यता दुर्वचन प्रकट गर्दछ । शालीनता मासेर प्रस्तुत हुन्छ गाली संस्कार, बर्बर तानासाहको रूपमा उभिन्छ गाली संस्कार ।कसैले लगाइदिएको आरोप नै सत्य हो ठानी सकेसम्म बेइज्जत गरिरहन्छ गाली संस्कार । यसरी ऊ महान् र प्राज्ञिक ठानिन्छ, विपक्षको कुरा सुन्न सक्दैन, उसको कुरा जबरजस्ती सुनिदिऊ न भन्छ र सुनाउँछ अनि आफूलाई ठूलो ठानोस् भनेर ठालुवाद भित्राउँछ गाली संस्कार र यो त्यसरी टिकेको देखिन्छ राज्य प्रशासनमा आजसम्म गाली संस्कार। योजनाबद्ध ढंगले यसरी हेर्दा पीडकले तानासाहको रूप लिइसकेको हुन्छ। सामन्तको चरम रूप प्रदर्शन भएको पनि पाइन्छ।यदि आफ्नो पक्षको मानिसले पोल गरेको हैन रहेछ भने वास्तविक पीडित झन् पीडित हुन्छ । उसलाई आश्वासन दिइन्छ र पठाइन्छ। उल्टै ऊ गएपछि फलानो तेरो यस्तो विषयमा पोल गर्दै थियो है सजग हो। तेरो शत्रु त्यो रहेछ भन्दै माथिदेखि तलैसम्मकाले झनै पेलेर उक्त पीडितलाई झनै पीडित बनाउने अवस्था रहन्छ । यसरी कानूनका अक्षरका विद्वानहरूले ज्ञान, बुद्धि र विवेकको विज्ञता नदेखाउँदा पीडित नै चरम पीडा भोग्न बाध्य भएका हुन्छन्। यो वास्तविक यथार्थ राज्य प्रशासनको हो । आफ्नो रहेछ भने जतिसुकै भ्रष्टाचार, अपराध गरेको किन नहोस् आफैले गरेको दोष अर्कोलाई थोपरेर बचाउने गरेको पाइन्छ।
फलानो र ढिस्कानु बसिरह्यो भने त भ्रष्टाचार गर्न पाउँदिन हजुर भन्दै जिहजुरीवादले भ्रष्टाचार गर्न पाउनु आफ्नो अधिकार रूपमा आफूलाई उभ्याउँछ र त्यसैको सम्बोधन हुने गरेको चर्चा पनि यदा कता सुनिन्छ विभिन्न माध्यममा। ठेकेदारी प्रथाबाट कमिशन लेनदेनको स्वार्थसहित आइइदिन्छ गालि संस्कार र जोगाइन्छ भ्रष्टलाई र फसाएको पाइन्छ कति निरीहहरूलाई । गाली संस्कारको अर्को गजवको उदाहरण त के भने आफैले गरेको गल्ती पनि पहिलाकाले यसै गर्थे र त्यही सिको गरेको हो गल्ती गरेको हैन भन्दै भ्रष्टाचारी र अपराधीलाई जोगाइन्छ, चोख्याइन्छ र अधिकारै नभएको व्यक्तिले यसले यसो भनो अनि त्यसै गरेको हो भनेर निरीहतिर कलमी सार्वभौमिकताको हतियार तेर्स्यायएर निरीहकै घाँटी रेटिने परम्परा रहँदै आएको पनि सुनिन्छ यदाकदा। यसरी हजारौ कर्मचारी यो मानसिकताका सिकार भएका उदाहरणहरू धेरै देखिन्छन । यसैलाई पोल प्रथाको उपज अर्थात् गाली संस्कार भनिन्छ ।यहाँ स्वार्थवाद, नातावाद, कृपावाद, अक्षरविदवाद, लम्पसारवाद लागुहुन्छ। यथार्थता धरातलयि यथार्थता, कारक तत्व, कारण र घटना सार के हो सो विषयमा अनुसन्धान गरी न्यायिक निष्पक्षता कायम हुँदैन।
अक्षरविदहरूले अक्षरहरूको न्याय गरेका हुन्छन् आफ्नालाई बचाउन र निम्छरालाई मार्न न्यायमा विवेक मारिएको हुन्छ, चेतनाको नाश गरिएको हुन्छ। यो माथिल्लो पद र श्रेणीबाट तल्लो पद र श्रेणीकालाई लागु भएको देखिन्छ। यसरी हेर्दा राज्य प्रशासनमा पोल प्रथा तल्लो तह र श्रेणीबाट माथिल्लो तह र श्रेणीमा प्रसार हुन्छ भने त्यसैको आधारमा कारवाही माथिल्लो पद र श्रेणीले तल्लो तह र श्रेणीलाई गर्ने गरेको देखिन्छ। पोल प्रथालाई गुनासो त्यतिबेला भनिन्छ जब वास्तविकताका सवै तत्वहरूको अनुसन्धान गरी यथार्थता पछि सुनाइएका पोल सही हो कि गलत हो भनी छूट्याई सोको आधारमा कसलाई कारवाही गर्नुपर्ने हो त्यसको निधो गरी कारवाही अगाडि बढाइन्छ भने त्यसलाई सुनुवाइ भनिन्छ। पोलको सकरात्मक रूपमा मात्र बुझिन्छ।
माथि गरियो गाली संस्कारको बारेमा।गाली संस्कार गजवको छ राज्य प्रशासनमा ।गाली संस्कारको स्वरूप उल्टो पिरामिड आकारमा रहेको हुन्छ।अर्थात् माथिल्लो पद र श्रेणीले तल्लो तह र श्रेणीको कर्मचारीलाई गर्ने तुच्छ वचन प्रहार हो। निकृष्ट व्यवहार प्रदर्शन हो।माथिल्लो पदकाले तल्लो तहका कर्मचारीहरूको हुर्मत लिने, चरम गालीगलौज गर्ने, अपशव्दहरू बोल्ने, छीछी दुरदुर गर्ने, चरम श्रम शोषण गर्ने, चरम मानसिक शोषण एव तनाव दिने, अनावश्यक दबाब दिने, कानून विपरीत कार्य गर्न दवाव दिने, त्यसको परिणाम निम्छरा र कमजोर कर्मचारीले भोग्नुपर्ने बाध्यताको सिर्जना गर्ने, चरम यातना दिनेदेखि निम्छरा कर्मचारीहरूको मानसम्मान, प्रतिष्ठा, इज्जत, र मानव मर्यादालाई नै ध्वस्त पार्ने, पदीय शोषण गर्ने, पदीय मर्यादाका नाममा कमजोर र निम्छरा कर्मचारीको मानव मर्यादा नै सिद्याइदिने गरी धेरैलाई डिप्रेशन र तनावको शिकार बनाइदिने, दिर्घ मनोरोगी बनाइदिने, कतिपय त त्यस्ता हर्कत सहन नसकी आत्महत्याको चरणसम्म पनि पुग्ने अवस्था सिर्जना हुने गरेको देखिन्छ । यसरी गालि गलौज र अपमानको शैलि माथिल्लो पद, श्रेणी र तहबाट तल्लो श्रेणी तह र पदमा सर्दै जाने गरेको राज्य प्रशासनभित्र लुकेको चरम ज्यादतीको अवस्था हो।यसो भन्दैमा सबैतिर सबै ठाउँमा यस्तै अवस्था छ भनेर भन्न सकिन्न ।
चेतना र विवेकले भरिएका महापुरूषहरूले सबै तत्वको गहन विश्लेषण गरी मात्रै निर्णय गर्दछन। त्यस्ता महान् प्रशासकहरूकै कारण राज्य प्रशासनको अस्तित्व सकारात्मक रूपले टिकेको छ । सकारात्मक ऊर्जा भएका त्यस्ता महान् प्रशासकहरू औलामा गनिने हुन सक्छन् राज्य प्रशासनमा । उनीहरूकै कारण त निरीहहरूले अन्तिममा भए पनि न्याय पाएका हुन्छन् । यो अर्को महत्वपूर्ण विषय हो । तर यस पाटाबाहेक राजनैतिक परिवर्तनका क्रमलाई हेर्ने हो भने समाजमा रहेका सामन्तवादी अस्तित्व र सामन्तको छाँटकाँट मात्र भएको हो। निर्मलीकरण भएको हैन। तर, त्यो सामन्त सोचले राज्य प्रशासनमा भने गाली संस्कारको रूपमा उपल्लो स्थानमै दरो जरो गाडेर बसेको देखिन्छ। त्यो जति माथिल्लो पद, श्रेणी र तह भयो त्यति नै बढी त्यसैमा रहेको भान देखिन्छ । समान प्रकृतिवाट छिरेको मानिसले माथिल्लो पदमा आसीन हुँदैमा आफूचाहिँ सर्वसत्ताबादी मालिक र कमजोर र निम्छरा कर्मचारीहरू चै दास हुन भन्ने ठानी सोहीबमोजिम व्यवहार गर्नु र अर्को पक्षले त्यस्तो गलत व्यवहार सहनु नै गाली संस्कारको विकसित रूप हो भन्न सकिन्छ।
यसरी गालि संस्कार भनेको पिडकले पीडितलाई कलमी सार्वभौमिकताको आधारमा न्याय मार्दै कठोर दण्ड दिने गरेको राज्य प्रशासन भित्रको चरम बेथिति हो भनेर भन्न सकिन्छ । जवसम्म अक्षरका विद्वान हरू रहन्छ, अक्षरका बौधिक बर्ग रहिरहन्छन, उनिहरूले चरम सामन्तको नांङ्गो नाच नाचि रहन्छन यसमा शंका छैन।जुन दिन कर्मचारी प्रशासनमा कानून र अक्षरमा ज्ञान, वुद्धि, विवेक र चेतना सहितले भरिएको विज्ञता भएका र त्यसैमा न्यायिक चक्षुले हेर्ने विद्वानहरू हुँदैनन, आउदैनन तव सम्म असल, सभ्य, सक्षम, दक्ष र कर्तव्यनिष्ठ कर्मचारीहरू फुटबल बनिरहन्छन, सामन्तवादको शैलिमै, नोकरसाहकै शैलिमै, तानासाहको शैलिमै दास बनिरहन्छन।यो कर्मचारी प्रशासन भित्र रहेको चरम बेथिति हो।यो समय क्रममले हटदै जानेछ भन्ने अपेक्षा बाहेक केही गर्न सकिन्न।
वास्तबमा यो पोल प्रथा र गालि संस्कारको नाङ्गो उहारण हो।मानिस समानरूपले धर्तिमा अवतरण गरेको प्राणि हो र सबै सचेत प्राणि नै हुन।कर्मचारी प्रशासनमा सकारात्मक उत्प्रेरणा आवस्यक छ ।
घर, परिवार, बाबु आमा, छरछिमेकी, पाहुना, आफन्त सबै विर्सिएर, आफ्ना सारा खुसी, आनन्द, मानव अधिकार एवं मौलिक अधिकारहरू समेत खुम्च्याएर कर्मचारी बनेको हुन्छ मान्छे।घर, परिवार, बाबु आमा, छरछिमेकी पाहुन भन्दा सतप्रतिशत बढी समय कार्यालय, कर्मचारी र कार्यालय प्रमूखहरूसँग विताएको हुन्छ कर्मचारीले। आफ्नो सारा उर्वर समयको लगानी कार्यलयमै लगाउँछ कर्मचारी ।त्यही भित्र रहेको, मौलाएको यो चरम बेथितिले निम्त्याउने शंकट अकल्पनिय रहेको पाईन्छ राज्य प्रशासनमा । सबैभन्दा बढी खटेर काम गर्ने कर्मचारीहरूको आत्मबलको विकास गराउनु जरूरी छ।सकारात्मक उत्प्रेरणा जगाउनु अनिवार्य छ कर्मचारीमा ।कार्यतेजोबध हैन सकारात्मक कार्य गर्न उत्प्रेरित गर्नु छ कर्मचारीमा । उनिहरूका पिर, मर्का र गुनासो, नाताबाद कृपावादका आधारमा हैन वास्तविक यथार्थताका आधारमा न्याय गर्न सक्नु पर्छ।कर्मप्रति विश्वास जगाउने वातावरण जगाउनु पर्ने अवस्था रहेको छ। कर्मचारीका पिर, मर्का र गुनासो सुनुवाईको माध्यमको रूपमा कर्मचारीका समस्या सम्बन्धमा व्यवस्थापक संग सौदाबाजी गर्न भनेर मेलमिलाप कर्ताको रूपमा कर्मचारीको हितका लागि ट्रेड युनियनहरू कानून बमोजिम स्थापित भई कार्यारम्भ पनि गरेको देखिन्छ ।
त्यहाँ पनि आफ्नो गुट रसमुह अनि आफ्नो स्वार्थ प्रति आस्थावानलाई मात्र सहयोगगर्ने गरेको जन गुनासो सुनिन थालेको छ।जि हजुरीको प्रथालाई मौलउन दिएको आरोपपनि आधिकारीक ट्रेड युनियनहरूलाई लाग्ने गरेको सुनिन्छ।बास्तविक रूपमा कर्मचारीको हित हेतु स्थापित ट्रेड युनियनको सन्दर्भमा अर्को पाटोमा बेग्लैकुरा गरौला।यसरी हेर्दा के देखिन्छ भने पोल प्रथा र गालि संस्कारको समयमै उचित व्यवस्थापन गरिएन भने दशकौ दशक सम्म सक्षम, दक्ष, क्षमतावान र कर्तव्य परायण कर्मचारीहरू पिल्सिएर, पिछडिएर र अनाहकमा अर्काको गल्ति, कमजोरी र अपराधको पिडाको सिकार भई नरहलान भनेर भन्न सकिन्न । वृत्ति विकासमा अवरोध हुने देखि लिएर दिर्घकालिन तनावको शिकार भई राज्य प्रशासनमा त्यसले नकरात्मक असर देखावास्तवमै पारिरहन्छ भन्न सकिन्छ।
यसले गर्दा सेवामा गुणस्तर आउँदैन। कार्यमा चुस्तता, दुरूस्तता छाउँदैन । कार्यतेजोबध हुन्छ । जोस, जाँगर, आँट, हिम्मत र हौसला घटेर, हराएर गई कर्मचारीको मनोशिथिलता उत्पन्न भई आखिरमा राज्य, सरकार र नागरिकलाई नै घाटा पुग्न जाने देखिन्छ भने नागरिकले उचित सेवा, समय र स्थानबाट नपाउने एवं विकास कार्यहरू अवरोध हुनुका साथै देश र जनताको चाहनाअनुसारको विकास र समृद्ध एव सुखको सपना दशकौ पछाडि धकेलिने अवस्था सिर्जना हुन्छ। राज्य र सरकारले लिएका राज्यको उन्नत प्रगति र समृद्धि त्यतिकै तुहिएर जाने अवस्था हुन्छ। त्यसैले पोल प्रथा र गाली संस्कारको समयमै उचित व्यवस्थापन हुनु जरूरी छ।त्यो व्यवस्थापन भनेको आचरणको पालना र सकारात्कम कार्योत्प्रेरणा हो । यथार्थता, पारदर्शिता, जवाफदेहिता, अनुसाशन, इमानदारिता, वास्तविकता, धरातलीय अवस्था, वस्तुस्थितिको वैज्ञानिक विश्लेषण, कार्य स्थिति, कार्य व्यवहार, कार्य शैली, कार्य प्रकृति, कार्य दक्षता, क्षमता यी सबैको मूल्याङ्कनका आधारमा कर्मचारीको मनोबल उक्साउने काम हुनुपर्छ। नकरात्मक अफवाह फैलाएर कर्मचारी प्रशासनले कर्मचारीको भविष्यलाई अन्धकारमा पुर्यााउने कार्य पोल प्रथा र गाली संस्कारका आधारमा गर्नु हुँदैन । जबसम्म यसको उचित व्यवस्थापन हुँदैन राज्यमा असल कर्मचारी सम्बन्ध बन्दैन। जब असल कर्मचारी सम्बन्धको विकास हुँदैन राज्यले प्रवाह गर्ने सेवाहरू प्रभावित हुन्छर सरकारले देखेको सपना तुहिन्छ। यही प्रथाको कारण भ्रष्टाचार मौलाएको छ। विकृति फैलिएको छ। कुसंस्कार भित्रिएको छ।ठेकेदारी प्रथा मौलाएर राज्य प्रणालीमा ठूलो क्षति भएको छ।
नागरिकको विकासको सपना तुहिएका छन्। समृद्ध नेपाल र सुखी नेपालीको सपनामाथि चोटिलो धक्का लागेको छ । त्यसैले कर्मचारी प्रशासनभित्र कर्मचारीहरू बीच असल सम्बन्धको विकास हुनु जरूरी छ। यहाँ कोही मालिक र कोही दास छैन।सबै यस देशका नागरिक हुन र समान अधिकारको प्रयोग गर्ने हैसियत राख्दछन् । पदीय मर्यादाको नाममा मानव मर्यादाको घाँटी रेट्ने काम बन्द गरिनुपर्छ। वास्तविक दोषीलाई कार्वाही गर्ने आँट गर्नुपर्छ। आफ्नाले अपराध गरे ज्यानै फालेर बचाउने अनि कमजोरलाई न्वारनदेखिको बल लगाएर फसाउने, कहिले उक्सिन नदिने चरम शोषणको कर्मचारीको यो आचरणगत युगको अन्त्य हुनु जरूरी छ।
कर्मचारीमा विनयशीलता , सदाचारीता र सकारात्मक ऊर्जा प्रवाह हुनु आवश्यक छ, कार्यत्प्रेरण र शालीनता आवश्यक छ, कसैको राम्रा आचरणलाई खिल्ली उडाउने र भयभित तुल्याउने परिपाटी हटाए मात्र गाली संस्कारले स्थान पाउँदैन । कर्मचारीभित्र सकारात्मक कार्योत्प्रेरणाको वातावारण निर्माण गर्नु पहिलो सर्त हुन जान्छ । तसर्थ के भन्न सकिन्छ भने यो राज्य प्रशासनमा निहित पोल प्रथा र गाली संस्कारको अन्त्य हुनु जरूरी छ । यो भद्र प्रशासनभित्र रहेको चरम अभद्रता र बेथितिको रूप हो । यसलाई उजागर गरिएन भने देशको समग्र प्रशासन यसबाट अछूतो रहन सक्दैन।सार्वजनिक सेवा प्रवाहमा यसको नकारात्मक प्रभाव फैलिरहन्छ।
नागरिकले वास्तविक सेवा सही समय र स्थानबाट सही तौर तरीकाले उचित प्रकृयाबाट चाँडै भनेकै समयमा पाउन गारो छ । यसलाई नहटाउने हो वा उचित व्यवस्थापन नगर्ने हो भने राज्य र सरकारले आफ्ना लक्ष्य, सोच, उद्देश्य पूरा गर्न कठिन हुन्छ। सग्लो इन्जिन बिगारेर गाडी हाँक्छु भने जस्तो मात्रै हुन जान्छ । नागरिकले पीडा भोगिरहनुपर्छ। शक्तिहीन असल कर्मचारीले सधैं उत्पीडन सहेरै बस्नुपर्ने बाध्यता आइ रहन्छ। एक असल कर्मचारी जागिर सकिएपछि बिनामूल्य भारी बोकिरहनुपर्ने अवस्था आउन सक्छ। भ्रष्टाचारीहरू महलको स्वादमा रमिरहेका हुन्छन् भन्ने असल कर्मचारीहरू जागिर अवधिभर गुन्द्रुक र ढिँडोमा बाँच्ने र जागिर सिद्दिएपछि पुर्खेउली सम्पतिमा गएर उही पुरातन कृषि शैलीलाई अवलम्नब गरेर जीवनयापन गर्नुपर्ने बाध्यता आउन सक्छ। अबको जनशक्ति भनेको विवेकपूर्ण न्यायवाद, बुद्धिवाद, ज्ञानवाद, चेतनावाद सहितको कानून कार्यान्वयन गर्न जान्ने, गर्न सक्ने हुनुपर्छ ।कर्मचारीको मनोभावनाको सम्मान गर्दै कार्यकुशलता बढाउने खालको हुनुपर्छ देश र जनता नै सर्वोपरी ठानी यसैको समृदि, सुख र विकास नै आफ्नु मूल सोच, उद्देश्य र लक्ष्य समाहित गरेको हुनुपर्छ । अनि मात्र देशको समग्र विकासमा टेवा पुग्छ । धन्यवाद।
प्रकाशित: ९ भाद्र २०७७ ०५:२७ मंगलबार