८ वैशाख २०८१ शनिबार
ब्लग

छोराछोरीलाई आत्महत्या गर्नबाट कसरी बचाउने?

मनोविद्को सल्लाह

सुनिता खड्का।

मानिस आत्महत्याले आफ्नो जीवनको खराव अवस्थालाई राम्रो बनाउँछ भन्ने सोच्छन् तर आत्महत्याले जीवनलाई अझै खराब बनाउँछ। वर्ष दिनमा विश्वभरमा आठ लाख मानिसले आत्महत्या गरेको तथ्याङ्क विश्व स्वास्थ्य संगठनले २ सेप्टेम्बर २०१९ मा सार्बजनिक गरेको थियो। अध्ययन अनुसार १० देखि २४ वर्ष सम्मका बालवालिका र वयस्कहरू आत्महत्याको उच्च जोखिममा छन्। त्यस्तै १५ देखि १९ वर्ष उमेर समूहका व्यक्तिको मृत्यूको कारण आत्महत्या हुने गरेको पाइएको छ। प्रत्येक ४० मिनेटमा एक व्यक्तिले आत्महत्या गरेको तथ्याङ्क छ।    

कस्ता वालवालिका आत्महत्याको जोखिममा हुन्छन?  

विषेशतः बच्चाहरूको मनमा के भइरहेको छ? उनीहरू कुनै अप्ठेरो अबस्थामा छन् कि? उनीहरूको संगत, पढाई, बानी, व्यवहार कसरी विकास भइरहेको छ? यी विषयमा अभिभावकले चासो राख्नु पर्छ। यसका लागि अभिभावकले समय दिने, निगरानी बढाउने, सहयोग गर्ने र कुराकानी गर्नुपर्छ। हामीले उनीहरूको भावना कदर गर्नुपर्छ। र, उनीहरूले कुरा गर्न खोजेका बेला जस्तोसुकै कुरा भए पनि प्रतिक्रिया नदिई सुनिदिनु पर्छ। र सोही अनुसार सहयोगका माध्यम खोजी गर्नुपर्छ। यदि कसैबाट छोराछोरीका बारेमा केही कुरा सुनेमा अप्रत्यक्ष रुपमा खोधखोज गरेर सत्य पत्ता लगाउनुपर्छ। जसले गर्दा समयमै नानीबाबुहरूलाई सम्हाल्न र मार्गनिर्देशन गर्न सकिन्छ।

बालबालिकाले आत्महत्या गर्नुका धेरै कारण हुन्छन्। उनीहरूलाई बचाउन अभिभावकले मायालु वातावरण दिनु पर्छ। र, उनीहरूलाई हरपल मलाई परिवारको आडभरोसा छ भन्ने अनुभव गराउनु पर्छ। यस्तो भएमा कुनै जोखिम पर्ने वित्तिकै उनीहरूले अभिभावकसँग आफ्ना कुरा राख्न सक्छन्।  

परिवारिक पृष्ठभूमि  

अध्ययन अनुसार परिवारमा कसैले आत्महत्या गर्ने कोशिस गरेको वा गरेको छ भने पनि त्यसको प्रभाव पर्न गई परिवारका अन्य सदस्यले पनि आत्महत्या गर्ने कोशिस गरेको वा आत्महत्या नै गरेको पाइन्छ। परिवारिक कलह, दुव्र्यबहार, हिंसा, परिवारका सदस्यहरूको आपसी सम्वन्ध, मेलमिलाप, अभिभावकबीचको सम्वन्ध र मानसिक स्वास्थ्य जस्ता अवस्थाले पनि बालबालिकालाई आत्महत्याको जोखिममा पु¥याउँछ। त्यस्तै हिलेकाहीँ घरपरिवारमा नसोचेका घटना वा प्रियजनको मृत्यु भएमा पनि उनीहरू विक्षिप्त भई आवेगमा आत्महत्या गर्न सक्छन्।  

आत्महत्याको प्रयास गरिसकेको अवस्थामा  

जीवनमा एक पटक आत्महत्या प्रयास गरिसकेको मान्छेले पुनः त्यस्तै प्रयास गर्ने सम्भावना त्यो वर्षभरि नै रहन्छ। आत्महत्याको प्रयास नगरे पनि आफूलाई हानी गर्ने जस्तै हात काट्ने, डढाउने जस्ता गतिविधि गर्न सक्छ। त्यसैले उनीहरूलाई पूर्ण रुपमा निको नभएसम्म पुनः हेरचाह र सहयोगको आवस्यकता भइरहन्छ।  

बानीब्यबहारमा समस्या  

बालबालिकामा उमेर संगसंगै आउने संवेगहरू जस्तै झनक्कै रिसाउने, आवेगमा आउने व्यवहारले गर्दा पनि कहिलेकाहीँ आत्महत्याको जोखिम रहन्छ। किनभने उनीहरू त्यो आवेगमा आएका भावनालाई व्यवस्थापन गर्नुको सट्टा सामाजिक दूरी राख्ने, दुव्र्यसनमा फस्ने र अस्वस्थ संचारले सम्प्रेषण गरेका गतिविधि हेर्ने वा गर्ने वा विनाशकारी तरिका अपनाउने गर्न सक्छन्।  

बुलिङ तथा साइवर बुलिङ 

बुलिङ गर्ने तथा बुलिङमा पर्ने दुवैमा आत्महत्याको विचार आउन सक्ने सम्भावना उच्च रहन्छ। यो प्रत्यक्ष सम्पर्कबाट र अनलाइन दुबै तरिकाबाट हुनसक्छ। एउटा अध्ययनले पत्ता लगाए अनुसार तीन पटक भन्दा बढी कुनै बच्चाले साथीहरूबाट वा वयस्कहरूबाट बुलिङको सामना गर्नु परेमा त्यस्ता बालबालिकामा आत्महत्या गर्ने सोच आउन सक्छ।    

वरपरको आत्महत्याको अवस्था

कहिलेकाहीँ आत्महत्याले संक्रमणको रुप लिन्छ र धेरै समूहमा एक पछि अर्को गर्दै आत्महत्याको समाचार आउने गर्छ। यस्तो अवस्थामा जताततै एउटै समाचार सुन्यो र हे-यो भने पनि बालबालिकाको मानसिक स्वास्थ्यमा असर गर्छ। किनभने उनीहरूले जे हेर्छन् वा देख्छन् त्यही नै व्यबहारमा ल्याउँछन्। उनीहरूकै उमेर समूहका बालबालिकाले गरेका आत्महत्याका समाचारले उनीहरूलाई अझ बढी प्रभाव पार्दछ। त्यस कारण अभिभावकले छुट्टै तरिकाले हेरविचार गर्ने, घटनाको अवस्था र शिकारमा परेको व्यक्तिले आफ्नो महत्व महसुस नगरेको र उनका परिवारले गरेको माया र समस्याको बैकल्पिक उपायका बारेमा खोजी नगरेका जस्ता सम्भावनाका कुरा गर्ने र आशावादी शोच विजारोपण गरिदिन सकेमा बालबालिकालाई आत्महत्याको संक्रमणबाट जोगाउन सकिन्छ।  

मदिरा तथा लागु प्रदार्थ सेवन  

लागु प्रदार्थ तथा ड्रग्स बजारमा सजिलै उपलब्ध हुने हुनाले बालबालिका दुव्र्यसनमा पर्ने सम्भावना बढ्दै गएको छ। दुव्र्यसनमा परेका बालवालिका मनोवैज्ञानिक रुपमा प्रेरित हुँदै सेवनमा तिव्र बन्छन्। विस्तारै वास्तविकताबाट टाढा हुँदै कल्पनाको संसारमा पुग्छन। अरुले नदेखेका कुरा देखेको र अरुले नसुनेका कुरा सुनेकोे भ्रम हुन्छ। यस अवस्थामा ऊ मानसिक रुपमा हेलोसिनेशनको र डिलुजनको चरणमा पुगेको हुन्छ र यस्तो अवस्थामा आत्महत्यातर्फ उन्मुख हुन सक्छ। 

हुर्कदै गरेका छोराछोरी विस्तारै आफू्रबाट टाढिँदै जान्छन्। उनीहरू दुःखी भएको, चिन्तामा परेको र तनावमा भएका कुरा लुकाउँछन्। त्यसैले उनीहरूले भन्छन् अनि कुरा गरौंला भनेर नवसौं। बरु उनीहरूसँग कुराकानी गरेर सहयोग र विश्वासको वातावरण बनाइहालौं।  

डिप्रेशन  

डिपे्रसनको शिकार भएका बालवालिकाबाट आत्महत्या हुन सक्ने संभावना उच्च रहन्छ। डिप्रेसनमा भएका बालवालिकामा देखिने लक्षणहरू जस्तै दुःखी हुनु, निराश हुनु, दुःख चिन्ता र उदासी हुन्। तर कुनै कुनै वालवालिका यी भावनालाई लुकाउने गर्छन् र कुनैकुनै आफूलाई भइरहेका मानसिक अबस्थाबारे कसरी भन्नेमा पनि अनविज्ञ भएको पाइन्छ। अध्ययनले प्रत्येक ५ जना बालवालिकामा १ जना डिप्रेशनमा परेको देखाएको छ। त्यसैले हाम्रा १२ वर्ष भन्दा माथिका सन्तान छन् भने वर्षमा एक पटक मानसिक स्वास्थ्य परिक्षण गरेमा बालवालिका र अभिभावक दुबै स्वस्थ भएर आआफ्नो जिम्मेवारी बहन गर्न सक्छौं।    

मनोरोग  

अन्य मानसिक रोग जस्तै मानसिक गडवडि, खानामा गडवडि, मनोरोगका कारणले पनि आत्महत्या गर्ने संभावना हुन्छ। जस्तै सिजोफेनियाको अवस्थामा पुगेको मानसिक विरामीले आफ्नो मृत्यूको खवर कसैले नसुनेको आवाजमा उसले सुन्छ तर ऊ मर्न चाहँदैन।  

बन्दुकको पहुँच

प्रायः १५ देखि १९ वर्षका बालवालिका तथा युवायुवतीले बन्दुकको प्रयोगद्वारा आत्महत्या गरेको पाइन्छ। बलवालिकाको मस्तिष्क पुर्ण रुपमा विकास भइसकेको हुँदैन। त्यसैले उनीहरू परिपक्व नभएकाले आवेगमा के ठिक भनि छुट्टयाई निर्णय लिन नसक्ने हुनाले अनायसै आत्महत्या गरेको पाइन्छ। त्यसैले बालवालिका भएको घरमा हतियार वा बन्दुक भए उनीहरूको पहुँच भन्दा टाढा सुरक्षित ठाउँमा राख्नुपर्छ।  

अभिभावकको भूमिका  

छोराछोरी बढदै जाँदा अभिभावकलाई विभिन्न प्रकारका जिम्मेवारी थपिँदै जान्छन्। जिम्मेवारीसँगै चिन्ता, चुनौती र जोखिमपुर्ण अवस्था पनि सामना गर्नुृपर्छ। त्यसैले सानो छँदै महत्वपुर्ण वानीहरूको विकास गर्न सहयोग गर्नुपर्छ। तपाईँ जति आफ्ना छोराछोरीलाइ राम्ररी बुझ्नु हुन्छ अनि चिन्नु हुन्छ त्यति तपाई उनीहरूलाई त्यो भन्दा राम्रोसंग कसरी जोखिममा परिन्छ भन्ने व्यावहारिक ज्ञान दिन सक्नु हुन्छ। जसका कारण उनीहरू तपाईंको नजिक रहने र केही परेका खण्डमा समस्या सुनाउने गर्छन्। फलस्वरुप तपाईँका बालवालिका आत्महत्याको जोखिममा पर्ने सम्भावना न्यून रहन्छ।  

बालवालिकालाई चिन्ता, तनाव र डिप्रेसनबाट टाढै राखौं  

रोगको उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु उत्तम भनेझैं हुर्कंदै गरेका छोराछोरी विस्तारै आफू्रबाट टाढिँदै जान्छन्। उनीहरू दुःखी भएको, चिन्तामा परेको र तनावमा भएका कुरा लुकाउँछन्। त्यसैले उनीहरूले भन्लान् र कुरा गरौंला भनेर नवसौं। बरु अनौपचारिक रुपमा तिमीलाई कस्तो छ? अलिक फरक देख्छु, मैले केही सहयोग पो गर्नसक्छु कि भनेर सहयोग गर्नु पर्छ। यसो गर्दा अर्को पटक उसले तपाईलाई जे भए पनि आएर भन्ने विश्वासको वातावरण बन्छ।  

छोराछोरीलाई अनुभव सुनाउनुहोस्  

सवै मानिस कुनै न कुनै कुराले दुःखी हुन्छन्। तनाव, दवाव, चिन्ता र उदास हुन्छन्। यो मानव जीवनको अभिन्न अंग हो। कहिले घाम त कहिले पानी। कहिले सुख त कहिले दुःख भइरहन्छ। हामी चाहेका कुरा पाउँदा खुसी हुन्छौ अनि नपाउँदा दुःखी। हामीमा धैर्य हुनु पर्छ। कहिलेकाहीं चाहेको जस्तै, उस्तै पैसाको, कम्पनीको बस्तु किन्न सकिएन भने जुन सकिन्छ त्यही किन्नु पर्छ भन्ने सीप सिकाउनु पर्छ। आवश्यकता र विलासिताको भिन्नता बुझाएमा उनीहरूमा आज नभए भोली, भोली नभए पर्सी या नभए पनि नहोस् भन्ने त्यागको भावना विकास हुन्छ।  

आफूलाई के भएको छ भन्ने कुरा परिवारमा भन्ने, एक्लै नवस्ने। छलफल गरेपछि हरेक कुराको समाधान हुन्छ। हामी आमा, बाबा जहिले पनि तिमीहरूको कुरा सुन्न, छल˚ल गर्न र सहयोग गर्न तिमीसँगै छौं भनेर उनीहरूलाई खुला वातावरण बनाइदिएमा वालवालिका आत्महत्याको जोखिमबाट टाढा रहन्छन्।  

छोराछोरीले सामाजिक सञ्जालहरू फेसबुक, इस्ट्राग्राम वा टुइटरमा के कस्ता कुरा पोष्ट गरेका छन्, हेरौं। उनीहरूका साथीका बारेमा बुझौं। ख्याल गरौं, जोखिममा भएका बच्चाले केहि न केहि खतराका संकेत दिइरहेका हुन्छन्।  

सकारात्मक कुराकानी  

जो वच्चा आत्महत्या गर्ने सोचमा छ त्यसलाई आत्मघाती विचारधारा भनिन्छ। बालबालिका यस्तो अवस्थामा पुग्नमा प्रियजनसंग विछोड, मृत्यू, साथी वा सामाजिक दवाव, दुव्र्यसन, आत्मआलोचना, पारिवारिक पृष्ठभूमि, मानसिक रोग, दीर्घ रोग वा आवेग आदि कारण हुन्छन्। यस्ता कुरा थाहा पाउने वित्तिकै मनोविद्को सहयोग लिने। यस्तो अवस्थामा बच्चासंग धेरै कुरा गर्ने। सकारात्मक सोचको भावना आउने, जीवनका रमाईला क्षणहरू, आशा र सम्भावनाका बारेमा कुराकानी गर्ने। कहिल्यै एक्लै नछाड्ने।  

सामाजिक संजाल अवलोकन

कहिलेकाहीं बच्चाको सामाजिक संजाल अवलोकन गर्ने। उनीहरूले फेसबुक, इस्ट्राग्राम, टुइटरमा पोष्ट गर्ने स्टाटस र उसका साथीका विषयमा जानकारी लिनु पर्छ। ख्याल गरौं, जोखिममा भएका बच्चाले केही न केही खतराका संकेत दिइरहेका हुन्छन्।

वास्तविक र कल्पनाको संसारका बारेमा छलफल

अनलाइनमा खेल खेलेर, सिनेमा हेरेर, कार्टुन र अन्य सपनाको संसारसंग जोडिएर बनाइएका मनोरंजनका च्यानलमा हेरेका गतिविधि अनुसरण गर्दा समेत कतिपय वालवालिकाले आत्महत्या गरेको पाइन्छ। त्यसैले अभिभावकले उनीहरूलाई वास्तविक र काल्पनिक संसार बीचको अन्तर छुट्टयाउन सहयोग गर्नुपर्छ।  

रोजाइको खेल क्लवमा आवद्व गराइदिने  

खेलका माध्यमबाट बालवालिकाको मन, मस्तिष्क र शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ। खेलले उनीहरूलाई नैतिकवान, सहयोगी र सामाजिक बनाउँछ। खेल खेल्दा उनीहरू मानसिक र शारीरिक दुवै रुपमा व्यस्त हुने हुनाले इनडोरफन हार्मोन मस्तिस्कमा सुचालित हुने हुनाले कलस्टोरको मात्रामा नियन्त्रण हुन्छ। यसले चिन्ता र डिप्रेसनको जोखिम कम गराउँछ। खेलले उनीहरूमा रहेको अनावश्यक शक्ति उपभोग गर्न सहयोग गर्दछ। खेलका साथै यस बेला उनीहरूले योग अभ्याश र ध्यान गर्नाले मष्तिस्कमा प्रि˚न्टल कोर्टेक्सको विकास भईरहेको हुनाले सकारात्मक सोचको विकाश गर्ने हार्मोन उत्पादन गर्छ। यसले एकाग्रता र धैर्य हुन सिकाउँछ। ˚लस्वरुप उनीहरूमा भावनाले भन्दा पनि विवेकले निर्णय लिने Ôमता विकास गर्छ। फलस्वरुप आवेगमा आएर आत्महत्या गर्ने सम्भावना कम हुन्छ।  

तुरुन्त सहयोगका लागि स्रोत व्यत्ति खोज्ने  

आफ्ना छोराछोरीको वानी व्यावहारमा आएको परिवर्तन र उक्त व्यावहार गलत लागेमा तुरुन्तै मनोविदसंग परामर्श लिने। अनि त्यही अनुसार घरमा पनि हेरविचार गर्ने। हामीले समयमै उपचार गरेमा बच्चाहरू आफूलाई हानी गर्नेसम्मको अबस्थामा पुग्न पाउँदैनन्। बच्चाको मानसिक अवस्था हेरेर मनोविदले दिएको सल्लाह अनुसार हामीले पनि हेरचाह गर्नुपर्छ जसले गर्दा उनीहरूले दोहोरो भूमिका खेल्ने सम्भावना हुँदैन।  

घरपरिवारको भूमिका  

बालवालिकाले केही भन्दै गर्दा सक्रिय भएर सुनीदिने, उनीहरूको भावना बुिझ महत्व दिने र सत्यताको बारेमा वकालत नगर्ने। बालबालिकालाई गल्तीवाट सिक्ने मौका दिने र नयाँ सीप सिक्ने अवसर दिने। उनीहरूका सवल पक्षलाई सुदृढ गर्दै चाहिएका बेला सहयोग माग्न प्रोत्साहन गर्ने।

स्कूलको भूमिका  

सुरक्षित र वालमैत्री वातावरण सृजना गर्ने र उनीहरूको क्षमता बढाउने। उनीहरूको आत्मवल र अनुभवलाई प्राप्त गर्न सक्ने उद्देश्य र लक्ष्य तय गर्ने। सकारात्मक व्यावहार र सोच विकास गराउने। आत्महत्या सम्वन्धि जागरुकता ल्याउने र बचाउ सम्वन्धि कार्यक्रम गर्ने।  

आफ्ना सन्तानलाई हेर्न, सुन्न, बुझ्न, महशुस गर्न, संलग्न हुन, कुरा गर्न, हेरचाह गर्न र सामाजिकीकरण गराउन सकेमा वालवालिकालाई आत्महत्याको जोखिमबाट बचाउन सकिन्छ।  

आत्महत्याको विचार आएको वा योजना बनेको थाहा पाउनासाथ तुरुन्त मनोचिकित्सक वा मनोेविदसंग सहयोग लिनुहोस्। यो एक समस्या हो, उपचार गरे जीवन सरल बन्ने छ । र, आत्महत्याको विचार स्वतः हट्नेछ।  

(खड्का सुनगाभा वाटिका नेपालकी निर्देशक तथा मनोविमर्शकर्ता हुन्।) 

प्रकाशित: ११ श्रावण २०७७ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App