९ मंसिर २०८१ आइतबार
image/svg+xml
ब्लग

आँखामा मितेरी गाउँको तस्बिर

ताङतिङ मेरो गाउँ

प्रकाश गुरुङ

भनिन्छ, रगतको नाताभन्दा भावनात्मक हिसाबले जोडिएको नाता बलियो र पवित्र हुन्छ। मितेरी साइनोसँग पनि भावना गाँसिएको हुन्छ। हाम्रो ताङतिङ गाउँले बेलायतका दुईटा गाउँ डेवडेन र विम्बिससँग मित लगाएको छ।  

हाम्रो गाउँको मितेरी साइनोका सूत्रधार पूर्व गोरखा सैनिक क्याप्टेन गौबहादुर गुरुङ हुनुहुन्छ। उहाँले आफ्नो जन्मथलो ताङतिङलाई सहयोग गर्न डेवडेन, विम्बिस र कार्भर व्यारेकका जिल्ला काउन्सिलर टिना नाइटलाई आग्रह गर्नुभएछ। सहयोगी एवं दूरदर्शी टिनाले मितेरी साइनो गाँस्न सुझाइछन्।    

उनको सुझावअनुसार बेलायतमा रहेका ताङतिङेबीच छलफल भयो। त्यहाँ बसोबास गर्दै आएका जितबहादुर गुरुङ, तर्कजंग गुरुङ, लक्ष्यबहादुर गुरुङ, केशबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ लगायत गाउँलेको सक्रियतामा हाम्रो रमणीय गाउँ ताङतिङ र बेलायतका डेवडेन र विम्विस गाउँबीच मितेरी साइनो गाँसियो।  

त्यहाँ राष्ट्रिय गीत गाउँदा सबै जना भावुक भए। कार्यक्रममा वक्ताहरूले चारपाँच मिनेट मात्र बोले। उनीहरूलाई सुनिरहँदा मैले हाम्रा नेताहरूको मुहार सम्झें। कसैले सुनोस् या नसुनोस् हाम्रा नेता घण्टौंसम्म सुर न तालका भाषण छाँट्छन्।  

सन् २००७ मे १२ का दिन मितेरी संगठनको औपचारिक घोषणा डेवडेनको एअरफिल्डमा भयो। अर्को वर्ष सन् २००८ अक्टुबरमा मितेरी गाउँका पाहुना हाम्रो ताङतिङमा आए। हामीले गुरुङ परम्पराअनुसार लामा, पच्यु र घ्याब्रिको आशिष्सहित उनीहरूको स्वागत ग¥यौं।  

ताङतिङ मितेरी संगठनको स्थापनाकालदेखि नै म स्वयंसेवकका रूपमा काम गर्दै आएको छु। गाउँको हिमालय मिलन माविमा प्रधानाध्यापकका रूपमा कार्यरत मलाई शैक्षिक तथा सांस्कृतिक आदानप्रदान कार्यक्रम अन्तर्गत र दोस्रो वार्षिकोत्सव डिनरका अवसरमा ९ मे सन् २००९ मा अतिथिका रूपमा सहभागी हुन संगठनले बेलायत भ्रमणको निम्तो दियो।

हवाईयात्रासहित सबै खर्च संगठनले नै ब्यहोरिदियो। आफ्नो वर्षे बिदा उपयोग गर्दै २०६६ असार १९ गते राति इत्तिहाद एयरवेजमा चढेर काठमाडौंबाट आबुधाबी हुँदै २० गते बिहान हिथ्रो विमानस्थल, लण्डन पुगें। त्यहाँ बिहानैदेखि मितेरी संगठनका सदस्य तर्कजंग दाइले मलाई पर्खिनुभएको रहेछ। उहाँको कारमा चढेर बहिनी योगमायाको घरमा पुगें र त्यहीँ खानपिन गरी तमु धिं युकेको भवनमा सिक्लेसीको भेटघाट कार्यक्रममा पुग्यौं। मलाई सिक्लेसको माघे सङ्क्रान्ति मेलामै पुगेझैं लाग्यो। त्यहाँ सिक्लेसी र ताङतिङेहरू सबैलाई भेटेर खाजा खाईवरी संगठनको कार्यतालिकाअनुसार सोल्टी चित्रबहादुर गुरुङको सहयोगमा गेटविक विमानस्थलमा साँझ उडें।  

आइल अफ म्यानमा ताङतिङलाई माया गर्ने जोन रेली बस्नुहुन्छ। धेरैपटक ताङतिङ आएर उहाँले हाम्रो विद्यालयको छात्रावास निर्माण तथा शैक्षिक विकासमा गुन लगाउनुभएको छ। त्यहीं बस्नुहुन्छ पाहार ट्रष्टका पूर्व अध्यक्ष हावर्ड ग्रिन एमबिई पनि। उहाँले ताङतिङसहित नेपालको पर्वतीय क्षेत्रमा विद्यालय भवन बनाउन सहयोग गर्नुभएको छ।  

आइल अफ म्यानको एक हप्ते बसाइमा जोन रेलीको आतिथ्य ग्रहण गरें। त्यहीबेला त्यहाँको राष्ट्रिय स्वतन्त्रता दिवसमा अतिथिका रूपमा सहभागी हुन पाएँ। त्यहाँ राष्ट्रिय गीत गाउँदा सबै जना भावुक भए। कार्यक्रममा वक्ताहरूले चारपाँच मिनेट मात्र बोले। उनीहरूलाई सुनिरहँदा मैले हाम्रा नेताहरूको मुहार सम्झें। कसैले सुनोस् या नसुनोस् हाम्रा नेता घण्टौंसम्म सुर न तालका भाषण छाँट्छन्।त्यहाँ संग्रहालयका रूपमा संरक्षित पाँच सय वर्ष पुरानो विद्यालय पनि अवलोकन ग¥यौं। जहाँ काठका बेन्च, डेस्क र कालोपाटी रहेछ। वास्तवमा हामी बल्ल त्यस्तै अवस्थामा आइपुगेका छौं। यस्तै प्रकारले हाम्रो ताङतिङमा स्कुल भवन बनाउन सहयोग गर्नुभएका पाहार ट्रस्ट बेलयातका पूर्व अध्यक्ष हावर्ड ग्रिन एमबिईलाई पनि उहाँकै घरमा गएर भेटें।  

यसरी आइल अफ म्यानको पर्यटकीयस्थल, धार्मिकस्थल, सांस्कृतिकस्थल र सामुद्रिक तटको भ्रमणपछि ९ जुलाई सन् २००९ मा पुन गेटविक विमानस्थल फर्केर ताङतिङ मितेरी संगठनका सदस्य तथा उपमेयर लन्डन बोरोउ अफ बर्नेट काउन्सिल लक्ष्यबहादुर गुरुङको घरमा आएँ।  

विकासमा बेलायत धेरै अगाडि छ। सडक वरपर रूख। चौंडा सडक, सफा र व्यस्त। सडकमा कतै पनि मान्छे देखिएनन्। मलाई अनौठो लाग्यो।

टोड ब्राउनको पशुपालन फर्म तथा गहुँफाँट हेरियो। उहाँको फर्ममा थुप्रै गाई र भेडा चरिरहेका थिए। तर, गोठाला कोही देखिएनन्। गहुँ खेतीमा आधुनिक कृषि औजार प्रयोग गरेको पाइयो र उत्पादन पनि धेरै हुँदो रहेछ। यति धेरै काम टोड एक्लैले भ्याएका रहेछन्!

अर्को दिन लक्ष्यबहादुर मामासँग बेलायतको राम्रो भनेर चिनिने इम्पेरियल कलेज अवलोकन गरें। साथै त्यहाँका ऐतिहासिक राजदरबार, संसद भवन, संग्रहालय, लण्डन आई, भूमिगत रेलमार्ग र पार्क सबैतिर घुमें।  

मैले काठमाडौं र लण्डन शहरको तुलना गरें। हाम्रा सडक यातायातको दुर्दशा, प्रदूषण र ट्राफिक नियम उल्लङ्घन सब झलझली सम्झें।  

अर्को कुरा, चार सय वर्षअघि बनाइएको भूमिगत रेलमार्ग र त्यहाँको सिस्टम देख्दा छक्क परें।  

अर्को दिन लक्ष्यबहादुर मामाको घरबाट हिमालय मिलन माविका भूूूतपूर्व प्रधानाध्यापक तथा मितेरी संगठनका सदस्य केशबहादुरसँग उहाँको निवासमा बसें। अनि उहाँसँगै मितेरी गाउँ विम्बिस र डेवडेनमा पुगें। केशबहादुर, तर्कजंग र सूर्य गुरुङको सहयोगमा स्थानीय विम्विस स्कुल पनि घुमें। त्यस्तै अर्को दिन संगठनका मानार्थ अध्यक्ष गौबहादुर र केशबहादुरको सहयोग लिई डेबडेन स्कुलमा पुगें।    

ती दुई विद्यालयले प्रयोग गरेका शैक्षिक सामाग्री अवलोकन गर्नुका साथै प्रधानाध्यापक, शिक्षक, विद्यार्थीसँग अन्तरक्रिया पनि ग-यौं। त्यहाँका विद्यालय भौतिक रूपमा सम्पन्न, बालकेन्द्रित शिक्षण विधि (लर्निङ बाई डुइङ) तथा शैक्षिक सामाग्रीको अधिक प्रयोग गरेको पायौ।  

सरकारले शिक्षामा धेरै लगानी गरेको पाइयो र शिक्षक पनि आफ्नो काममा  इमानदार भएर लागेका रहेछन्। त्यहाँ बालबालिकाको सांस्कृतिक कार्यक्रम पनि हेरें। क्याप्टेन गौबहादुरको सहयोगमा डेबडेन स्कुल विद्यालय व्यवस्थापन समितिको बैठक अवलोकन गर्न पाइयो।  

अर्को दिन मितेरी संस्थाका मानार्थ अध्यक्ष तथा डिस्ट्रिक काउन्सिलर टिना नाइट, सदस्य डा. हेलेन ब्राउनसँग विम्विस, डेवडेन र छिमेकी गाउँ थेक्सड घुमें। ५ सय वर्ष पुराना काठका घर, संग्रहालय, चर्च, सहकारी पसल लगायत ऐतिहासिक तथा धार्मिक ठाउँ पनि घुमें। मितेरी संगठनका अध्यक्ष मोरी बेलेससँग क्याम्ब्रिजस्थित विश्वविद्यालय अवलोकन गर्ने मौका मिल्यो र त्यहाँको तालमा डुङ्गा पनि चढियो।  

स्याफ्रन वाल्डेनस्थित नेपाली समाजको वार्षिक भेटघाटमा सबैलाई भेटन पाइयो  र मितेरी संगठनका मानार्थ अध्यक्ष तथा कार्भर व्यारेकका वेल्फेयर अफिसर क्याप्टेन गौबहादुरसँग आर्मी क्याम्प पनि घुमें।  

बेलायत हरेक कुरामा व्यवस्थित रहेछ। राज्यले बालबालिकाको शिक्षा र स्वास्थ्यमा उचित सहयोग, वृद्धा, असहाय र बेरोजगारलाई पनि सहयोग गरेको देखियो। त्यहाँ मानव अधिकारको ज्यादै सम्मान छ। राज्य जनताप्रति उत्तरदायी छ।  

दुई सातासम्म दाजु तर्कजंग र भाउजू कमलाको न्यानो आतिथ्य रमाइलो बन्यो। धन्यवाद दाजूभाउज्यू!  

गाउँलेको पाहुनाभात र मितेरी गाउँको भोज मीठो थियो। काका देवबहादुर र तिलबहादुर दाजुसँग क्याम्ब्रिज बजार घुम्दा पनि मज्जै भयो। साथै स्थानीय किसान टोड ब्राउनको पशुपालन फर्म तथा गहुँफाँट हेरियो। उहाँको फर्ममा थुप्रै गाई र भेडा चरिरहेका थिए। तर, गोठाला कोही देखिएनन्। सयौं हेक्टर जमिनमा फैलेको फर्ममा भेडा र गाई पालैपालो चर्छन्।  

गहुँ खेतीमा आधुनिक कृषि औजार प्रयोग गरेको पाइयो र उत्पादन पनि धेरै हुँदो रहेछ। यति धेरै काम टोड एक्लैले भ्याएका रहेछन्! यसरी हाम्रो गाउँ ताङतिङमा पनि व्यावसायिक, सघन पशुपालन, खेतीपाती र तरकारी खेती गर्न सके वैकल्पिक आयको स्रोत बन्थ्यो कि! 

अर्को दिन श्रीमती टिना नाइटको घरमा गई ताङतिङ मितेरी संगठनका गतिविधि, उपलब्धि र योजनाबारे छलफल ग¥यौं। टिना नाइट, मोरी वेलेस, टिम बुध लगायत सबैका झोला र गाडीमा हाम्रो ताङतिङका पोस्टर, फोटा र अन्य सामाग्री थियो। ताङतिङमा सहयोगका लागि पैसा उठाउन र प्रचार गर्न ती सामान उनीहरूले बोकेका। बेलायतजस्तो व्यस्त ठाउँमा बस्नेहरूले हाम्रो गाउँका लागि काम गरेको देख्दा म भावुक बनें।  

अर्को दिन दाजु तर्कजंग र म मितेरी स्कुल ‘मेड स्टोन ग्रामर स्कुल फर गल्र्स’को भ्रमणमा गयौं। त्यहाँ पनि कक्षाकोठा व्यवस्थापन लगायत सबै पक्षको अवलोकन ग¥यौं। मितेरी स्कुलका हेडटिचर मेरी स्मिथ, रिसोर्स म्यानेजर एन्डी ब्राउन र कर्मचारीसँग लामो भलाकुसारी भयो। हामीले उनीहरूलाई ताङतिङ घुम्न आउने निम्तो पनि दियौं।  

त्यो दिन हामी विएफविएस गोर्खा रेडियोमा गई मेरो भ्रमणको औचित्य र ताङतिङ मितेरी संगठनबारे विचार राख्यौं।  

भोलिपल्ट चित्र सोल्टीसँग बल्सतिर लागें र बाथस्पाको भ्रमण गरे। यसरी मामा टंकप्रसाद गुरुङको घरमा अर्को दिन फर्केर लण्डन पुगें। थेम्स नदी पनि घुमें। र, बसमा लण्डन पुगें। जगदिश दाजुका नानीहरूको विद्यालयको अभिभावक दिवस हेर्ने मौका पनि जु-यो।    

टिना नाइट, मोरी वेलेस, टिम बुध लगायत सबैका झोला र गाडीमा हाम्रो ताङतिङका पोस्टर, फोटा र अन्य सामाग्री थियो। बेलायतजस्तो व्यस्त ठाउँमा बस्नेहरूले हाम्रो गाउँका लागि काम गरेको देख्दा म भावुक बनें।  

समग्रमा, बेलायत हरेक कुरामा व्यवस्थित रहेछ। राज्यले बालबालिकाको शिक्षा र स्वास्थ्यमा उचित सहयोग, वृद्धा, असहाय र बेरोजगारलाई पनि सहयोग गरेको देखियो। त्यहाँ मानव अधिकारको ज्यादै सम्मान छ। राज्य जनताप्रति उत्तरदायी छ। गल्ती गर्नेले सजाय पाउँछन्। मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने तथा बढी वेगले हुइँक्याउनेले कडा कारवाही भोग्नुपर्छ। सबै मानिस काममा व्यस्त हुँदा रहेछन्। त्यहाँ श्रमको सम्मान रहेछ।  

अन्त्यमा मितेरी गाउँमै फर्केर एक महिनाको बसाईंपछि म ५ अगस्ट २००९ मा ताङतिङ फर्कें। नेपाल फर्कने बेला सबैसँग बिदाइका हात हल्लाउँदा कताकता मनमा च्वास्स बिझ्योे। हिथ्रो विमानस्थलमा तर्कजंग, दुर्गा र डम्बरसिंह दाजु, लक्ष्यबहादुर मामा र देवबहादुर काका साथै थुप्रै गाउँलेहरू बिदाइ गर्न आउनुभएको थियो।  

यस्तो भ्रमणले सोचाइमा परिवर्तन ल्याउँदो रहेछ! शिक्षाले मानिसको आनीबानी र व्यवहारमा परिवर्तन ल्याउनुपर्छ। मितेरी गाउँको भ्रमणले विशेष गरेर हाम्रो विद्यालयको सुधार गर्न मद्दत पु-याएको छ। साथै ताङतिङको समग्र विकासमा ऊर्जा थपिएको छ। यसरी ताङतिङ र बेलायतका गाउँबीच आपसी भाइचारा, सांस्कृतिक आदानप्रदान र सहयोग भइरहेको छ।  

मलाई बेलायत घुमाएकामा ताङतिङ मितेरी संगठनका मानार्थ अध्यक्ष टिना, क्याप्टेन गौबहादुर, अध्यक्ष मोरी बेलेस र कमिटीका सदस्य तर्कजंग लगायत सबैलाई धन्यवाद।  

बेलायतबाट ताङतिङ फर्के पनि मनमा मितेरी गाउँकै तस्बिर छ।  

(हिमालय मिलन मावि ताङतिङ, कास्कीका प्रधानाध्यापक गुरुङको प्रकाशोन्मूख पुस्तक ‘ताङतिङ मेरो गाउँ’को एक अंश।)  

प्रकाशित: २५ असार २०७७ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App