२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
ब्लग

अहँ! ‘म अनलाइन कक्षा लिनै सक्दिनँ’

नेपालको सबैभन्दा ठूलो त्रिभुवन विश्व विद्यालयदेखि केहि क्याम्पसहरुले कोरोना(कोभिड–१९) महामारीका कारण जारी लकडाउनमा पनि शैक्षिक सिकाइलाई निरन्तरता दिन अनलाइन कक्षा सुरु गरेका छन्। हिमाल, पहाड र तराईको भौगोलिक अवस्थितिका बीच सुचना प्रबिधि बिस्तारमा देखिएका कतिपय जटिलताप्रती हामी कोहि पनि अनबिज्ञ छैनौ।

त्रिभुवन बिश्वबिद्यालयलगायत देशभरका साना-ठूला क्याम्पसहरुमा उपलब्ध पूर्वाधारकाे क्षमताका आधारमा अनलाइन पठनपाठन निकै नै चुनौतीपूर्ण देखिन्छ। अत्यन्तै न्यून स्रोतका बीच पनि बैकल्पिक शिक्षा प्रदान गर्ने अठोटले यसको प्रभावकारीतामाथि प्रश्न उठाएको छ।

म स्वयम् पनि त्रिभुवन विश्वविद्यालय तथ्यांकशास्त्र केन्द्रिय बिभागमा प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थी। लकडाउन सुरुहुने कुरा थाहा पाएपछि काठमाडौंबाट म आफ्नो गृहजिल्लामा आएँ। लकडाउनका बीच काठमाडौ बसिरहने अवस्था उपयुक्त लागेन, स्वभावतः आफ्नो जन्मघरमै बसेर कहरका यी रातहरु कटाउने निधो गरेँ? लकडाउनको समय थपिदै जाँदा ‘हेड अफ डिपार्टमेन्ट’बाट फोन आयो, अनलाइन पठनपाठन सुरु गरौ भन्ने। यस्तो किंंकर्तव्यविमुढ अवस्थाबाट गुज्रिएको बिश्वबिद्धालयको निर्णयले तमाम विद्यार्थीहरु बिलखबन्द हुनु स्वभाविक नै थियो।

सबैखाले समस्यासँग लड्ने र पीडासग जुध्ने जीवननै विद्यार्थीको जीवन हो। कतिपय विद्यार्थीहरुसँग स्मार्ट फोन नै छैनन, भएकाहरु पनि ईन्टरनेटको पहुँचमा छैनन्, जो पहुँचमा छन् उनीहरुको ब्रोडब्यान्ड कमजोर भएको दैनिकीसँग जुधिरहेका छन्।

विश्वविद्यालयका प्रबुद्ध विद्यार्थीहरुको छलफलमा यस्तै अवस्थाका बीच पठनपाठनमा संलग्न हुन नसकिने आशय छ। सबै विद्यार्थीका आफ्नै पीडा छन्, समस्या छन्। सबैखाले समस्यासँग लड्ने र पीडासग जुध्ने जीवननै विद्यार्थीको जीवन हो। कतिपय विद्यार्थीहरुसँग स्मार्ट फोन नै छैनन, भएकाहरु पनि ईन्टरनेटको पहुँचमा छैनन्, जो पहुँचमा छन् उनीहरुको ब्रोडब्यान्ड कमजोर भएको दैनिकीसँग जुधिरहेका छन्। तसर्थ प्रबिधिको पहुच बाहिर अधिकांंशं विद्यार्थीहरु रहेकाले अनलाइन शिक्षा नेपालको लागि चुनौतीपूर्ण छ भन्ने कुरामा दुइमत छैन।

अनलाइन कक्षा सुरुवात भएको खबर प्राप्त भएपछि पढ्नकै लागि केहिथान मेरा साथीहरु दुइतिन घण्टा हिडेरै वडा कार्यलयको वाईफाइ प्रयोग गरेको समाचार सुनाउछ्न्। कडा लकडाउनका बीच रिचार्ज कार्ड नपाएको र फोन गर्न पनि नसक्ने स्थितिमा अनलाइन कक्षाले थप तनाव सिर्जना गरेको विडम्बनालाई बारम्बार दर्शाउछन्। 

त्रिभुवन बिश्वबिद्धालयमा अध्ययन गर्ने प्रायः विद्यार्थीहरुका माथी उल्लेखित साझा समस्या हुन्। लाग्छ , जहाँसम्म आर्थिक भौतिक सम्पन्नतामा हुर्केको विद्यार्थीहरुको रोजाईमा त्रिभुवन विश्वविद्यालय पर्दैन, र उनिहरुको रोजाई त्रिभुवन बिश्वबिद्यालय होइन।

यो त गरिब , विपन्न र वित्तीय अभाव झेलेका विभिन्न भुगोलका जेहेन्दार विद्यार्थीको साझा थलो हो , मेधावी छात्रछात्रको केन्द्र हो। तसर्थ बिश्वबिद्धालयले केहि नया कार्यक्रमहरु कार्यन्वयनमा ल्याउदा यस्तै तमाम विद्यार्थीहरुको सर्वोपरी हितलाइ केन्द्रमा राख्न सक्नुपर्छ। राष्ट्रिय संकटको घडीमा विद्यार्थी बर्गको पहुँचको सर्वेक्षण नगरी , बिबेचना नगरी लाभान्वित हुनुपर्ने विद्यार्थीनै नभएपछि यसको सान्दर्भिकतामाथि संसय पैदा हुनु स्वभाविक कुरा हो।

अनलाइन क्लाशले धनी र गरिब वर्गबीचको बर्गीय विभेदको खाडललाई खन्ने होइन शिक्षामा ईन्टरनेट प्रयोगको अनिवार्यतालाई स्वीकार गर्दै सबै तह र तप्काका विद्यार्थीलाई समान अवसर प्रदान गर्ने कडिको रुपमा बिकास गर्न सक्नुपर्छ , होइन भने सबै विद्यार्थीको हातमा मोबाइल छ भन्ने मनोगढन्ते तर्कका आधारमा बिश्वबिद्धालयले आचारसंहिता बनाउनु प्रचारमुखी शैलीको निरन्तरता ठहर्दछ।

लकडाउन बीच शिक्षणसिकाई माध्यम र विकल्पको बहस चल्दै आएको छ। सूचना प्रविधिको उच्चतम विकास भएको सन्दर्भमा मात्र यसको प्रयोग गर्न सकिन्छ साथै एसको उपदेयता पनि सबैभन्दा पहिला विद्यार्थीहरुलेनै सिद्ध गर्नुपर्छ भन्ने बिषयमा हाम्रो राय छ। तर एस्तै परिस्थितिका बीच सन्चालन गरिने अनलाइन शिक्षाबाट पाठ्यवस्तुको मर्म , निरन्तर विद्यार्थी मुल्यांकन र व्यबहारिक ज्ञानको उपयुक्तता परिणाममुखी बन्छ त? प्रश्न यहाँनिर पनि छ।

पृथ्वीनारायण क्याम्पसका एकजना विद्यार्थीसाथी राजेन्द्र गौतमको पनि आफ्नै गुनासो छ। उहाँ लकडाउन भएपछि आफ्नो गृहजिल्ला पर्वत राम्जा आउनुभएको रहेछ। उहाँले भन्नुभयो , ू त्रिभुवन विश्वविद्यालयले समयमा नतिजा प्रकाशन नगर्ने , स्नातक चौथो बर्षका विद्यार्थी स्नातकोत्तर प्रथम सेमेस्टर भर्ना हुनका लागि एकबर्ष समय कुर्नुपर्ने वाध्यात्मक अवस्था छ।
 सिकाईको निरन्तरता र समयको प्रवाहक्रमलाई बुझ्ने बिश्वबिद्धालयका अगाडि विद्यार्थीका यी समस्याहरु गौण बनिदिन्छ्न। एकदुई महिना पढाइ निरन्तरतामा नजादा आत्तिहाल्नु पर्ने केही छैन , बरु अनलाइन क्लासका लागि आवस्यक संरचनाको विकास गरेर दुरदराज भेगका विद्यार्थीहरुलाई एकसाथ शिक्षाको पहुँचमा ल्याउन सक्ने अभ्यासको जरुरत छ।

यस्तै सोही क्याम्पसमा एमएस्सी अध्ययनरत केशव शर्माको पनि आफ्नै दुखेसो रहेछ। उहाँपनि लकडाउन भएपश्चात आफ्नो गाउँबेसी जानुभएको रहेछ। नेटवर्क समस्याका कारण अनलाइन कक्षाबाट बन्चित हुनुपरेको बिडम्बनालाई सुनाउदै निर्णयको प्रभावकारी कार्यन्वयन गर्न विद्यार्थीको समान पहुँच हुनुपर्ने र पढ्नबाट कसैलाइ पनि बन्चित गर्न नमिल्नेतर्क अघि सार्नुहुन्छ।

यी त केही विद्यार्थी साथीहरुका प्रतिनिधि समस्या मात्र हुन। खास केही पहुच भएका विद्यार्थी र शिक्षकको बर्ग छुट्टिने गरि अनलाइन कक्षाको प्रभावकारीता झल्काउन खोज्नु बिश्वबिद्धालयको अदुर्दर्शी निर्णय हो। यसरी अनलाईन कक्षा सुरु हुँदै गर्दा विद्यार्थीको मनमा अब के गर्ने ? फेल भईने हो कि ? अब के हुने हो ? हाजिर छुट्ने भयो ? भन्ने जस्ता कैयन प्रश्नहरु उब्जेका छन , बिल्कुल पहुँच बाहिरका विद्यार्थीहरु मनोबैज्ञानिक त्रासमा छन्।

अहँँ ! म अनलाइन पढ्नै सक्दिन भन्ने दुरदराजको वास्तविकतप्रति सचेत रहदै माथी उल्लेखित बिद्यार्थीमा उत्पन्न मनोबैज्ञानिक त्रासलाई अन्त्य गर्नतर्फ सबैको ध्यान जानैपर्छ। विद्यार्थीको भौतिक उपस्थितिका आधारमा केन्द्रित पाठ्यक्रमको विशिष्ट उदेश्य स्वयम् विद्यार्थीको सहभागिताका आधारमा तय गरिने हुँदा अनलाइन शिक्षाका निमित्त सोही अनुकुलको पाठ्यक्रम प्रतिकुल बन्न सक्नेतर्फ पनि सम्बद्ध सबैको ध्यानाकर्षण हुन जरुरी छ।

अन्त्यमा , कतिपय सबालमा पाठ्यक्रम बदल्नुपर्ने , पाठ्यबस्तुको परिमार्जन गर्नुपर्ने , तत्कालका शैक्षिक संरचना र पुर्वाधारहरुको विकास गर्नुपर्ने ,अझ महत्वपूर्ण सबैको पहुँचमा पुग्नेगरी अनलाइन कक्षालाई बिस्तार गर्नुपर्ने बिषयलाई प्राथमिकतामा राखेर आइपर्ने समस्या हल गर्नुपर्ने सन्दर्भमा हचुवाको भरमा आएको बिश्वबिद्धालयको निर्णय अपरिपक्व छ , सस्तो लोकप्रियतामा आधारित छ।

प्रकाशित: २८ वैशाख २०७७ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App