संघीय व्यवस्थामा केन्द्रीय सरकारको तुलनामा प्रादेशिक तथा स्थानीय सरकारमा कर कम लगाउने, ऋण अधिक लिने र खर्च बढी गर्ने प्रवृत्ति पाइन्छ जसले मुलुकको सिंगो अर्थतन्त्रको स्थायित्वमा असर पार्न सक्छ।
मूल्य अभिवृद्धि कर (भ्याट) वस्तु तथा सेवामा आधारित कर हो। यो कर कानुनले छुट गरेका बाहेक सबै वस्तु तथा सेवाको उत्पादन तथा वितरण प्रक्रियाअन्तर्गतका विभिन्न तहमा हुने मूल्य अभिवृद्धिमा लाग्छ। मूल्य अभिवृद्धि भनेको कुनै फर्मको वस्तु तथा सेवाको खरिद मूल्य तथा बिक्री मूल्यबीचको भिन्नता हो।
मुलुक संघीयतामा रूपान्तरित भएको छ। संघीय प्रणालीको सफलताका लागि विभिन्न तहका सरकारबीच सहकार्य, समन्वय र सहयोग अत्यन्त महत्वपूर्ण हुन्छ। नेपालको संविधानले पनि यही अपेक्षा गरेको छ जसको निर्देशक सिद्धान्तमा अन्य कुराका साथै 'परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय एकाइबीचको सम्बन्ध सञ्चालन गर्दै...' भन्ने बेहोरा उल्लेख छ। यसले संघीय व्यवस्थामा परस्पर सहयोग र सहकार्यको आवश्यकता झल्काउँछ।
भन्सार महसुल वस्तुमा आधारित कर हो। यो कर वस्तुको निकासी पैठारीमा लाग्छ। वस्तु निकासी गरेवापत लगाइने करलाई निकासी महसुल र वस्तु पैठारी गरेवापत लगाइने करलाई पैठारी महसुल भनिन्छ। निकासी तथा पैठारी दुवै महसुललाई संयुक्तरूपमा भन्सार महसुल भनिन्छ।