११ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

ती तीन जना

लघुकथा

मान्छे एक्लै हिँडिरहेको थियो। नजिकै फूलहरू उभिएका थिए। झरना आफ्नो यात्रामा थियो। त्यसमा सिरिरि हावा मिसियो। त्यहीबेला तीनतिरबाट तीनजना त्यहाँ आइपुगे।

"मैले त चिनिनँ। तिमीहरू को हौ? "मान्छेले परिचय माग्यो।

"मेरो नाम आवश्यकता हो। म तपाईसँग आएको।" एकले भन्यो।

अर्काले मुसुक्क हाँस्दै भन्यो, "मलाई रहर भन्छन्। म बस्ने ठाउँ खोज्दैछु।"

अनि तेस्रोले आफ्नो परिचय दियो, "म बाध्यता हुँ। म अप्ठ्यारोमा छु।"

अनि उनीहरू सँगसँगै हिँडे। झरनामा पानी पिएपछि

"यहाँ बाँध बाधौं। पानी खेतमा लैजाऔं " भन्ने  प्रस्ताव आयो।

मान्छेले त्यता हेरेर टाउको हल्लायो। उता अर्काले हतारहतार फूलको हाँगै लाछेर ल्यायो।

रहरले भन्यो, "म सिउरिन्छु।"

मान्छे बोल्नुपहिल्यै अरू दुईले आँपको एउटा हाँगो नुहाउँदा किटिक्कै भाँचियो। त्यहाँबाट तिनले एउटा काँचो आँप टिपिहाले।

त्यहीबेला डंगरङ्ग आवाज आयो। सबै झस्केर त्यता हेरे। भुइँमा फुस्स धूलो उड्यो।

ला...! मान्छे ढलेछ ! तर ती तीन जना फूल र आँप खोसाखोस गरिरहेका थिए।        

प्रकाशित: ११ आश्विन २०८३ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App