१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

मतलबीले मतलब साध्न अनेक नाटक गर्छ!

मुक्तक

१) मुक्तक

चिन्ता हैन चिन्तन गर्ने बानी बसालौं

समय शक्तिलाई व्यर्थ खेर नफालौं

आफ्नै लक्ष्य तय गर्दै बढ्नुपर्छ अघि

निरर्थक काममा हात हाल्दै नहालौं।

२) मुक्तक

मतलबीले मतलब साध्न अनेक नाटक गर्छ

मतलब साध्य भएपछि अनि पछि सर्छ

मतलबीको चालामाला यस्तै हुन्छ हजुर

मतलबीको मतलब के हो विचार गर्नुपर्छ।

३) मुक्तक

समयको ख्याल राख्दै बढ्नुपर्छ अगाडि

नत्र उन्नतिको पथमा हामी पर्छौं पछाडि

उकाली र ओराली भनेको त आइनै रहन्छन्

सन्तुलित भई हाँक्नुपर्छ जिन्दगीको गाडी।

४) मुक्तक 

आधुनिकरण हैन पश्चिमीकरण

यसको अर्थ हुन्छ जीवन स्तरीकरण

पश्चिमीकरणले उल्टो विसंगति ल्याउँछ

आफ्नो मौलिकपनको पनि गरौँ सुदृढीकरण।                     

प्रकाशित: १५ कार्तिक २०८३ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App