को कसको दास?
म सधैं आफ्नै रुटिनमा हिंड्ने मान्छे। विहान उठेपछि मलाई बेड टी चाहिन्न। दुई गिलास तातो पानी भए पुग्छ। दैनिक क्रियाकलापपछि शरीर तन्काउने अभ्यास गर्छु। त्यसपछि नुहाइधुवाइ गरी आफ्नो समय मिलाएर भान्सातिर जान्छु। ११ बजे हाम्रो खाने बेला हुन्छ। आज सीमा १० बजे फर्कने भइन्। चाँडै खाना खाइसक्ने उर्दी छ। ऊ गई भने सबै भाँडाचुल्हो आफैंले गर्नुपर्याे।
बुहारीले छोरालाई भनी,” विहान सधैं नुहाउँदा नै दाह्री काटिहाल्नुस्। सधैं हिंड्ने बेला हतार गरेर काट्नुहुन्छ। समयको वचत गर्न पनि सिक्नुपर्याे नि!”
छोराले बुहारीको वाणी सहस्र स्वीकार्दै भन्यो, “हस्!”
काम गर्ने मानिस राख्यो आफ्नो मर्जी अनुसार चल्न पाइएन। छोराले आफूअनुरूपको समयमा दाह्री काट्न पाएनन्।
को कसको दासी त?
प्रकाशित: १९ वैशाख २०८३ १३:०५ शनिबार





