२१ वैशाख २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘पेनिबा’: कौतूहलको सचेत प्रयाेग

पुस्तक

कथाकार सुरेश यक्सोको ‘पेनिबा’ कथासङ्ग्रह २०८२ सालमा प्रकाशित भएको छ। यो कथासङ्ग्रहमा बैङ्किङ कसुर, नयाँ जुत्ता, पेनिबा, मुड, कन्ये कान्छा लगायत विभिन्न शीर्षकका १५  कथा सङ्गृहीत छन्।

यस कथा सङ्ग्रहभित्रको बैङ्किङ कसुर शीर्षकको पहिलो कथामा व्यवस्थापन विषय लिएर स्नातक पढ्न थालेदेखि नै बैङ्कमा जागिर खाने रहर उधुन लाग्न थालेको थियो। आकर्षक तलब पाइने। स्मार्ट भएर बस्नुपर्ने। बैङ्कमा जागिर पाए त बैङ्कमा जागिर खाने एक सूत्रीय रहर वैशाखे चिउला पातलिएझैँ पातलिन थालेको थियो भनेर कथाकारले लेखेका छन्।

नयाँ जुत्ता शीर्षकको कथामा छोरो छोरो मात्र होइन ऊ मेरो साथी पनि हो। बाहिर जाँदा होस् या घरमा प्रायः ऊ मसँगै हुन्छ। म कामबाट डेरा आएपछि हामी पार्क जान्छौं। पार्कमा केहीबेर खेलेपछि घर फर्कन्छौं। यो सिलसिला हाम्रो नित्यकर्म जस्तो बनेको छ भनेर लेखिएको छ।

पेनिबा शीर्षकको कथामा पाहुना आएका केटीहरू पनि स्थानीय ठिटाहरूसँग अर्को हारमा धाननाच नाच्दै थिए। सुत्ने सुतिरहेका, मात्ने भुनभुनाउँदै गरेका र सोल्टासोल्टिनी नहुनेहरू विरक्तिएर घुँडा खुम्च्याएर बसेका थिएँ। त्यसरी जोगिने अलि उमेर नपुगेका भाराभुरी हुन्थे।

मुड शीर्षकको कथामा मोहन र शीलाका दुई सन्तान छन्। दश वर्षीया छोरी र छ वर्षको छोरो। मोहन नजिकैको बोर्डिङ स्कुलमा पढाउने गर्छ। शीला छोराछोरीको स्याहारसुसार लगायत घरको सम्पूर्ण काम गर्छिन्। दुवैलाई आफूले गर्दै आएको काम गर्न गाह्रो लाग्थ्यो।

उनका अधिकांश कथामा चरित्र चित्रणलाई विशेष जोड दिइएको छ। उनको कथा लेख्ने शैली सरल र बोधगम्य छ। उनले कथामा कौतुहलको प्रयोग निकै सचेततापूर्वक गरेका छन्। समाजका विभिन्न वर्ग, क्षेत्र, घटना, चरित्र आदिलाई पात्रहरूको उपयुक्त संयोजनबाट राम्रा कथाहरू सिर्जना गर्न उनी सफल छन्।

छोरा मार्ने आमाको बयान शीर्षकको कथामा बुढाले त्यो केटी भगाएपछि मेरा दुःखका दिन सुरु भए लक्ष्मीले भन्दछिन्। घर, आफन्त र गाउँलेहरूले पनि हेला गर्न थाले। मबाट सबै टाढा हुन थाले। माइतीमा माइतीहरूको आफ्नै बिजोग थियो। पीडामाथि पीडा के दिनु भन्ने लक्ष्मीलाई लाग्यो।  

डान्सबारमा छापा शीर्षकको अन्तिम कथामा काठमाडौंमा नयाँ एसपी आएपछि गेस्टहाउस, मसाज सेन्टर अनि डान्सबारहरूमा छापा मार्ने काम पुरानै हो। सरर पढेँ। तल कमेन्ट पनि पढ्न थालेँ। खालखालका प्रतिक्रिया थिए। कतिको सुझाव राम्रो थियो। कसैले देशमा बेरोजगारी भएपछि यस्तै हो भनेका थिए भनेर कथाकारले लेखेका छन्।

अन्त्यमा कथाकार सुरेश यक्सोको लेखनयात्रा अविराम चलिरहोस्। आउँदाे दिन नयाँ नयाँ कथासङ्ग्रह निस्कन सकोस्, हार्दिक शुभेच्छा!

प्रकाशित: २१ वैशाख २०८३ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App