३० असार २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

२२ लाखको जुत्ता लगाउने र्‍यापरले गरे साधारण विवाह

बलिउड गायक तथा र्‍यापर आदित्य प्रतीक सिंह सिसोदिया तथा बादशाहले आफ्नो दोस्रो विवाह गुपचुप गरेका छन्। ४० वर्षीय र्‍यापरले साधारण तरिकाले ईशा रिखीसँग पञ्जाबी विवाह गरेका छन्।

बादशाहको विवाहको तस्बिरले समाजिक सञ्जालमा चर्चा बटुको छ। विवाहमा उनी साधारण कुर्तामा देखिएका छन् भने ईशा रातो रंगको दुलही को पहिरनमा देखिएकी छिन्।

दुलहीले रातो रंगको बनारसी स्टाइलको कुर्ता लगाएकी छन् भने बादशाहले साधारण ओलिभ हरियो कुर्ता लगाएका छन्। उनीहरुको साधारण पहिरनले मानिसहरुको ध्यान तानेको छ।  

एक अन्तर्वातामा उनले २२ लाख रुपैयाँ पर्ने नाइकीको रातो जुत्ता लगाएर गएका थिए। सो कारण उनी चर्चामा पनि थिए। लाखौँको जुत्ता लगाउने बादशाहले विवाहका लागि भने एकदमै साधारण कुर्ता रोजेका छन्।  

बदशाहले पहिलो विवाह सन् २०१२ मा जस्मिन मसिहसँग गरेका थिए। उनको एक छोरी पनि छ। जस्मिनसँग सन् २०२० मा सम्बन्ध विच्छेद गरेका उनको ईशा रिखीसँग सम्बन्ध रहेको खबरहरू आएका थिए।  

ईशा रिखी एक पञ्जाबी अभिनेत्री र मोडल हुन्। उनी र्‍यापर बादशाहभन्दा करिब ८ वर्ष कान्छी रहेको बताइएको छ। विगत ४ वर्षदेखि उनीहरू प्रेममा रहेको बताइन्छ।

प्रकाशित: ११ चैत्र २०८२ १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App