३२ असार २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

ट्रान्स महिला निलमको सफल सगरमाथा यात्रा: सामाजिक विभेद र पहिचान संघर्षको जित

सगरमाथा यात्रामा ५० लाख खर्च

नेपालकी ट्रान्स महिला निलम पौडेलको ५० लाखको सगरमाथा आरोहण सफल भएको छ। उनी पहिलो ट्रान्स महिला (एलजीबिटिक्यू) हुन्, जसले  सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी हुन्। पौडेलले मे २३, २०२६ मा सगरमाथाको सफल आरोहण गर्दै एक ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्। उक्त उपलब्धिले उनको साहस, पहिचान र प्रतिनिधित्वका दृष्टिले महत्त्वपूर्ण ऐतिहासिक क्षण बोकेको छ।

यो आरोहण व्यक्तिगत धैर्य मात्र होइन यसले यी समुदायको (वर्षौँदेखि भोगिएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीक पनि हो। पौडेलको यात्राले सीमान्तकृत (एलजीबिटिक्यू) समुदायका व्यक्तिहरूलाई 'हामी पनि सक्छौ' भन्ने सशक्त सन्देश दिदैँ, नेपाल तथा विश्वभरका समुदायको आवाजलाई उचाइमा पुर्‍याएको छ।

नेपालका युवाहरू, मानवअधिकारकर्मीहरू र (एलजीबिटिक्यू) समुदायले यस उपलब्धिलाई समावेशिता र समानताको दिशामा एक महत्त्वपूर्ण कदमका रुपमा लिएका छन्। पौडेलको सफलताले सगरमाथालाई पर्वतारोहणको उपलब्धिका साथै विविधता, साहस र खुलापनका साथ जीवन जिउने हकको प्रतीकको रूपमा नयाँ अर्थ दिएको छ।

पौडेल नेपालकी पहिलो ट्रान्स महिला सगरमाथा आरोही बन्ने लक्ष्यसहित पर्वतारोहण अभियानमा सहभागी भएकी थिइनन्। यो अभियान केवल व्यक्तिगत उपलब्धि नभई नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको इतिहासमा एक महत्वपूर्ण र प्रेरणादायी कदम हो।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पौडेलको अभियानबारे सञ्चारमाध्यम, सरोकारवाला निकाय तथा आम नागरिकलाई जानकारी गराउनु, अभियानको महत्व उजागर गर्न तथा समावेशी समाज निर्माणको सन्देश प्रवाह गर्न उद्धेश्यसहितको सम्मेलन भयो।

निलमको साहसले यी समुदायका व्यक्तिहरू पनि खेलकुद, साहसिक पर्यटन, नेतृत्व तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्न सक्षम छन् भन्ने सशक्त सन्देश दिएको छ ।

तर उनको आरोहण सहज भने पक्कै थिएन। सगरमाथा आरोहण हामीले सोच्या भन्दा निकै महंगो तथा शारीरिक, मानसिक रुपमा चुनौतीपूर्ण छ। त्यसका लागि निलमले गरेको संघर्ष भने प्रशंसा योग्य रहेको छ। उनको आरोहणको कुल खर्च ५० लाख खर्चिनु परेको खुलाएकी छन्। जसमा ३५ लाख आफ्नो कमाइ र १५ लाख ऋण लिएको उल्लेख गरेकी छन् । ट्रान्स महिला भएकै कारण उनलाई कैयौँ संघ–संस्था तथा उनाको आफन्तले उनलाई आर्थिक सहयोग नगरेको उनको गुनासो छ।  

सगरमाथाको चुचुरोमा पुगेपछि सबैले केही न केही आफ्नो इक्छा माग्ने गर्छन्। यो समयमा निलमले आफ्नो समुदायले भोग्दै आएको पीडा, अवहेलना तथा असमान्य व्यवहार अबदेखि कसैले सहनु नपरोस’ भन्ने मागेको बताइन ।

‘सगरमाथा फोहोर भएको र हिउँ पग्लिदै गरेको’ भन्दै उनले दु:ख व्यक्त गरेकी छन् । निलम  जब सन् २०१० मा दुबईमा ‘हाउस मेड’ को काम गरिहेकी थिइन्, त्यस बेला एक जना नेपालीले सगरमाथा आरोहण गरेको सामाचार सुनेपछि उनको मनमा सगरमाथा आरोहणको सोच जन्मिएको सुनाइन । 

उनको यो उपब्धिले ट्रान्सजेन्डर समुदायप्रति समाजमा रहेका पूर्वाग्रह र विभेदलाई चुनौती दिनुका साथै विविधता, समानता र मानव अधिकारको पक्षमा सकारात्मक सन्देश दिएको छ ।

प्रकाशित: ३ असार २०८३ १७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App