१७ असार २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

अनिष्ट

लघुकथा

एकाबिहानै आँगनको डिलबाट आएको कर्कश आवाजले उमा तर्सिन्। आँगनको निमको रूखमा बसेर हुचिल कराइरहेको देखेर उमाले महेश्वरलाई  जोडले घचघच्याइन्।

"ए हजुर उठ्नुस् त! त्यसलाई त्यहाँबाट धपाउनुस् न छिटो।"

महेश्वर विस्तराबाटै चिच्याउँदै भने, "नकराउन प्रिय, मलाई एकछिन सुत्न देऊ न !"

त्यसाे भन्दै उनी सिरकभित्र गुटमुटिए।

महेश्वरको ताल देखेर उमा खिन्न भइन् र फेरि झक्झक्याउने चेष्टा गर्दै भनिन्, "ए हजुर, यो त अनिष्ट हुन्छ क्या! घरको आँगनमा हुचिल बासेको।"

महेश्वरले विस्तराबाटै कोल्टे फेर्दै भने, "चिन्ता नलेऊ उमा, आज देशलाई ३५/४० वर्षदेखि दोहन गरेर टाट पल्टाउने, राष्ट्र र राष्ट्रियताप्रति गद्धारी गर्ने अपराधीहरूले फेरि गठबन्धन गर्ने राग अलापेको सन्देश फलाकेका थिए। हो त्यही सन्देश बोकेर आएको होला हुचिल।"

उनले उमालाई निश्चिन्त रहन र लुटेराहरूका गठबन्धनसँग नतर्सिन भन्दै ढाडस दिए।

"त्यसले कुनै अनिष्ट निम्त्याउन सक्दैन। ऊ निष्प्रभावी भइसकेको छ।"

प्रकाशित: १७ असार २०८३ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App