१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

संताप

लघुकथा

दशैंको रमझम छ। घरमा सबै परिवार भेला भएर खुशीयाली मनाउँदै छन्। अचानक सानी छोरीको चिच्याहटले घरको शान्ति भङ्ग भयो।

‘नानी के भयो? किन राेएकी?’ आमाले आतिएर छोरी काखमा लिन्छिन्।

छोरी  ‘ऐयाऐया!’ भन्दै आँखा छोपेर रून्छे।

‘निलडाम त कतै छैन।’ छोरीको शरीर निरीक्षण गर्दै आमा भन्छिन्।

‘हाम्रो आइ र मनेलाई कालीमाताको मन्दिरमा सबैले कुटेर, काटेर मारे। मने र आँइ रूदै भूइमा लडेर अन्तिम श्वास फेरे’ छोरीले हिकहिकाउँदै भनी।

‘ए! त्यो देखेर राेएकी? त्यो त कालीमातालाई खुशी बनाउन बलि दिएको हो छोरी। अब घरमा सुखशान्ति आउँछ।’ आमाले सम्झाइन्।

‘अरूलाई दु:ख दिएर खुशी हुने माताको मन्दिरमा अब म कहिले जान्न।’ छोरीले दृढ अठोट गरी।

प्रकाशित: १७ आश्विन २०८२ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App