१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

योगेन्द्र र रश्मी विवादमा एलिना भन्छिन्ः गलत मान्छेलाई समर्थन गरेछु

फेरि एकपटक गायिका एलिना चौहान विवादमा परेकी छिन्। योगेन्द्र भाट र रश्मी पनेरु बीचको विवादमा गलत मान्छेलाई समर्थन गरेछु, भन्दै एलिनाले सामाजिक सञ्जालमा माफी मागेकी छिन्। केही दिन अगाडि एलिनाले रश्मीको समर्थनमा बोलेपछि उनले सामाजिक सञ्जालमा गाली पाएकी हुन्। आज आइतबार आफ्नो फेसबुकवालमा लेख्दै उनले आफूले गलत मान्छेलाई समर्थन गरेको बताएकी छिन्। 

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले अन्जानमा गलत मान्छेलाई समर्थन गर्न पुगेछु। सत्य बुझ्दा ढिला भयो ।’  सबै महिलाहरू पीडित नहुने बताउँदै उनी थप्छिन् ‘सबै महिलाहरू पीडित हुँदैनन्, यो कुरा मैले आज स्पष्ट बुझेँ। मेरो मुख बन्द भयो ।’  माफी माग्दै उनले भनेकी छन्, ‘यदि मेरो समर्थनले कसैलाई दु:ख पुगेको छ भने म साँचो मनबाट माफी चाहन्छु।’ 

टिकटकमा भने एउटा भिडियो सार्वजनिक गर्दै आफू जस्तो सोचेर समर्थन गरेको बताएकी छिन्। आफू उक्त विषयमा नबोल्नु पर्ने भन्दै उनले त्याहा पनि माफी मागेकी छिन्।

के हो योगेन्द्र र रश्मी विवाद

योगेन्द्र  र रश्मी श्रीमानश्रीमती हुन्। योगेन्द्रले २५, २६ लाख लगानी गरेर अध्ययनका लागि अमेरिका पठाएको, अमेरिका पुगेर श्रीमतीले वास्ता नगरेको र पाकिस्तानी पुरुषसँग प्रेम सम्बन्धमा रहेको मिडियामा दाबी गरेका छन् । उनले मिडियामा कैयौँ प्रमाण पनि पेश गरेका छन्। जहाँ श्रीमतीले योगेन्द्रलाई वास्ता नगरेको देखाइएको छ। 

योगेन्द्रले वैवाहिक नाममा आफूमाथि ठगी गरेको श्रीमतिमाथि गम्भीर आरोप लगाएका छन्। फोन गरेको पनि नउठाउने र आफूलाई वास्ता पनि नगर्ने योगेन्द्रको भनाइ छ । श्रीमतीलाई अमेरिकाबाट नेपाल ल्याउने कानुनी प्रक्रियाबारे उनको चासो छ । 

उनको भनाइलाई आधार बनाएर रश्मीलाई सबैले सामाजिक सञ्जालमा गलत देखाइरहेका छन् । 

अर्कोतर्फ भने अमेरिकामा रहेकी रश्मीले आफूलाई समय न भएर फोन गर्न नपाएको र सामाजिक सञ्जालबाट श्रीमानलाई ‘ब्लक’ नगरेको बताउँदै आएकी छन्। समस्या देखाउँदै उनले आफू कुनै पाकिस्तानीसँग प्रेम सम्बन्ध नरहेको साथी मात्र हो उनी स्पष्टीकरण दिएकी छिन्। आफू अमेरिका जाँदा माइतीले पनि पैसा थपेको रश्मीको भनाई रहेको छ। 

योगेन्द्र र रश्मीमध्ये को सही हुन भने पुष्टि भएको छैन्।  गायिका एलिनाको कुरा गर्दा उनको लागि विवादमा पर्नु कुनै नैलो कुरा हो

प्रकाशित: २५ माघ २०८२ १६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App