१८ असार २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

मित्रताको नमुना

लघुकथा

मन्टु घरमा माया गरेर बोलाउने नाम हो। स्कुलमा उसकाे नाम आर्जुन छ। ऊ ६ कक्षामा पढ्छ। पढ्न रमाइलो लाग्छ। उसलाई अमेरिकाबारे धेरै कुरा जान्न मन लाग्छ। त्यो संसारकै सबैभन्दा विकसित देश हो भन्ने उसले पढेर थाह पाएको छ। स्कुलको पाठ सकेपछि बाहिरी किताव पढ्न रुचाउँछ। पढेर ज्ञान बढ्छ भन्ने उसले बुझेको छ। साथीहरू कति पढ्नु, घुम्न पनि पर्छ। हिँड आज डुलौँ " भन्छन्। उसलाई  नजाउँ साथीहरू रिसाउलान्, जाउँ पढ्न मन लागेको छ के गर्नु जस्तो हुन्छ।

"ल हिँड तर दुई घन्टा मात्र " भनेर जान्छ।

उसले अनलाइन  एउटा च्याट फ्रेन्ड बनाएको छ। ऊ जन्मजात अमेरिकन नेपाली हो। आफ्नो बाबाआमासँग अमेरिकामा बस्छ। उसकाे नाम भोला हो।

भोलालाई नेपालबारे जान्न मन लाग्दो रहेछ। उसले नेपालका विभिन्न एतिहासिक ठाउँहरू सामाजिक संजालमा खोजेर क्लासमा "मन परेको विषयमा भन्ने" कक्षामा बताउने गरेको रहेछ। नेपाल सानो तर प्राकृतिक सुन्दरताले भरिएको देश भनेर उसले कक्षामा संसारकै अग्लो हिमालय पर्वत सगरमाथा, शान्तिका प्रतीक गौतम बुद्ध जन्मिएको लुम्बिनी, चन्द्र र सूर्य अंकित नेपालको गौरवमय राष्ट्रिय झन्डा आदिको जानकारी दिंदो रहेछ। साथीहरू मात्र होइन गुरुआमा जसकाे नाम मेरी थियो। उनी पनि चाख मानेर सुन्दिरहिछिन्।

अर्जुनसँग च्याट गरेर अरू पनि नेपाललाई विश्वमा चिनाउने यस्ता महत्त्वका कुराबारे धेरै सोधीखोजी गर्‍याे।

अर्जुनचाहिँ अमेरिकामा छ कक्षामा पढ्ने छात्रहरूका पुस्तकहरू कस्ता हुन्छन्।" हप्तामा कति पुस्तक पढ्नु ज्ञानवर्द्धक हुन्छ " भनेर सोध्थ्यो।

जति धेरै पुस्तक पढ्यो उति आफूलाई ज्ञान बढ्छ। एकपटकमा लाइब्रेरीबाट पचासवटासम्म पुस्तक ल्याउन पाइन्छ। पुस्तक पढ्नतिर लत बसेपछि  मिडियामा लट्टु हुन पनि कम हुन्छ। म हप्तामा तीस जति पुस्तक पढ्छु। नेपालमा नि?" ऊ आर्जुनलाई सोध्थ्यो।"

नेपालमा धेरै बालपुस्तकालय छैन्। उमेरसुहाउँदो आधुनिक वैज्ञानिक पुस्तकहरू त छँदै छैनन्। म गुगल र युट्युवमा खोजेर पढ्छु। रमाइलो लाग्छ।अब हामी साथी भैहाल्यौं। म नेपालका कुराहरू, राम्रा पढ्न मिल्ने पुस्तकबारे तिमीलाई बताउँछु तर अमेरिकामा बस्ने तिमी नेपाली पढ्न सक्छौ र?

"सक्छु नि। हाम्रो घरभित्र नेपाली नै बोल्नुपर्छ। मलाई  बुबाआमाले नेपाली लेख्न पनि सिकाउनुभएको छ। हाम्रो स्कुलमा कुनै दिन आफ्नो देशको संस्कृति झल्किने मौलिक पोसाक, खानेकुरा, पैसा, राष्ट्रिय झन्डा आदिको प्रदर्शन पनि हुन्छ। त्यो बेला म नेपाली मौलिक त्यस्ता सामग्री सबै लागेर प्रदर्शनीमा राख्छु। सगरमाथा र नेपाली झण्डा चाख मानेर हेर्छन्। म अमेरिकी भए पनि मलाई नेपालको माया लाग्छ किनकि मेरो शरीर नेपाली रगतद्वारा सन्चित छ।

अर्जुन र भोलाको  मित्रताले अमेरिका र नेपालको सम्बन्ध दरिलोसँग कस्यो।

प्रकाशित: १७ असार २०८३ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App