२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

एक महिनाको नेपाल टुरमा संस्कृति र पर्यटन विकासलाई सघाउँछुः अर्थर गन

अमेरिकी आइडल सन् २०२० का उपविजेता अर्थर गनले नेपाली संस्कृति, नेपाल र पर्यटन विकासलाई संगीतमार्फत् सघाउँने बताएका छन्। उनी अमेरिकन आइडल अडिसनबाट चर्चित गायककार हुन्।

उनले बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ क्रीडेन्स क्लियरवाटर रिभाइभलको ‘हयाब यु एभर सीन द रेन’ नामक गीतहरु गाएका थिए। पहिलो नेपाल कन्सर्ट टुर ‘टुबोर्ग होमकमिङ अर्थर गन’ का बारे जानकारी दिन गरिएकाे बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको संस्कृति र पर्यटन विकासलाई प्रवर्द्धन गर्ने र नेपाली संस्कृतिको वृतचित्र (डकुमेन्टी) गर्न नेपाल आएको बताए।

उनले भने, ‘सम्पूर्ण नेपालीलाई ‘न्यानो नमस्कार’ मलाई अमेरिकन आइडल प्रतिस्पर्धाको फाइनलमा पुर्‍याउन ठूलो प्रयास गर्नुहुने सम्पूर्ण नेपाली फ्यान्स प्रति गर्व र खुसी छु पहिलो पटक नेपाल आउँदा र अहिले नेपाल आउँदा धेरै फरक पाए।’ नेपालमा करिब एक महिना रहँदा उनी कन्सर्टको हिसाबले नभइ नेपाली सांस्कृति र पर्यटकीय हिसाबले पनि सक्रिय हुने उनले बताए। उनले नेपाली नेपाली संगितमै डकुमेन्ट्री हुने जानकारी दिए।

उनको पहिलो कन्सर्ट शनिबार बेलुका काठमाडौँको दरबारमार्गमा रहेको प्लाटिनम क्लबमा हुनेछ। भने दास्रोमा चितवनको लामिन लोमन, रोलीङग स्टोन पोखरा, लड बुटवल, केलेम टेङगलावुड काठमाडौँ, मोकाया हस्पीटालिटी   बिर्तामोड, द भिन्टेज लन्ज धरान, शसा तवा कीर्तिपुरमा उनको इन्डोर कन्सर्ट हुने इभेन्ट म्यानेजरले बताए।

कन्सर्ट टिकट मूल्य प्यालिटनम क्लबको २५ सयदेखि ३५ सय रहेको छ। अर्थर गनको कन्सर्टमा साथ दिने ३ जना रहेका छन्। एलेक्स डम्रसमा, सिन डक गितारमा र क्रिसपाल बेसमा रहेको छ। उनको कन्सर्टमा मिल्ने नेपाली ब्यान्ड र गायक पाए उनीहरुलाई पनि गाउन मौका दिने इभेन्ट म्यानेजरले बताए।

उनको अर्थर गनस्टेज नाम भए पनि वास्तविक नाम भने दिवेश पोखरेल हो। नाम दुई वटा भएपनि प्रिय हिसाबले बोलाउँदा दुवै नाम प्रिय लाग्ने उनले बताए। टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा उक्त कार्यक्रमहरु हुन लागेको हो।

प्रकाशित: २ भाद्र २०७९ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App