भानुकला केन्द्र विराटनगरले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ। आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीको अवसरमा भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो।
मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ‘भानु भाषा साहित्य सम्मान’ बाट साहित्यकार सरला चापागाईं, ‘भानु चतुर्भुज आशावादी कला सम्मान तथा पुरस्कार’ बाट कलाकार मातृका संग्रौला, भानु पत्रकारिता सम्मानबाट पत्रकार मोहन मानन्धर सम्मानित भएका छन्।
त्यसैगरी अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, डा.विजय पण्डित तथा कलाकार करुणा झालाई भानु पदकबाट विभूषित गरिएको छ। भानु चतुर्भुज आशावादी सम्मान मिलन सिंह मधुर र रामकिशोर उपाध्यायलाई प्रदान गरिएको थियो।
सम्मानितहरूलाई १ नम्बर प्रदेशका प्रमुख परशुराम खापुङ र आयोजक संस्थाकी अध्यक्ष माया पौडेल आशावादीले सम्मानपत्र प्रदान गरेका थिए। सो अवसरमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदित, कार्यक्रम संयोजक प्रचण्ड पौडेललगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए।
प्रकाशित: २८ असार २०७९ १४:०९ मंगलबार