१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अच्युतराम भण्डारी संगीत प्रतिष्ठान गठन, को हुन् अच्युतराम?

नेपाली धर्म, संस्कृति र परम्परागत संगीतको जगेर्नाको उद्देश्यका साथ अच्युतराम भण्डारी संगीत प्रतिष्ठान गठन गरिएको छ। प्रसिद्ध तबलाबाद भण्डारीको नामबाट गठन गरिएको यो प्रतिष्ठानले संगीतका प्रतिभाहरुलाई पहिचान गरी उनीहरुलाई स्वाभलम्बन बनाउन प्रेरित गर्ने जनाएको छ।

‘गीत संगीतको माध्यमबाट नेपाललाई विश्वमा  परिचय गराउने तर्फ अगाडि बढ्ने छौ,’ शनिबार आयोजित समुद्घाटन समारोहमा प्रतिष्ठानका संस्थापक संरक्षक भण्डारीले भने, ‘संगीतको लागि आवश्यक पर्ने पाठ्या सामाग्रीको अनुसन्धान, प्रकाशन र प्रसारण गर्न अग्रसर हुन्छौं।’

अनाथ, असाहय एंव पिछडिएका वर्गलाई संगठीत गरी शैक्षिक एंवं संगीतको मूलधारमा ल्याइ जीवनस्तर उकास्न प्रतिष्ठानले सहयोग गर्ने भण्डारीले जनाए। शनिबार आयोजित कार्यक्रममा वरिष्ठ गीतकार यादव खरेल, नेपाल संगीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ, उपकुलपति हरिहर शर्मा, सदष्य सचिव श्याम प्रकाश तमोट लगायतले शुभकामन दिएका छन्।

कार्यक्रममा वरिष्ठा वेला वादक गोपालनाथ योगी तथा समाजसेवी अर्जुनप्रसाद धिमाल सम्मानित भए। धिमालले प्रतिष्ठानको भवन निर्माणाको  लागि ६ आना जग्गा दान दिने घोषणा गरेका छन्। कार्यक्रममा ७ वर्षदेखि ६४ वर्ष सम्मका तबलाबादक समूहबाट  आकर्षक तबलाबादन भएको थियो।

को हुन अच्युतराम भण्डारी?

तबला गुरुका नामले समेत परिचित भण्डारीले शास्त्रीय संगीतमा पाच दशकभन्दा बढी समयदेखि निरन्तर योगदान दिदै आएका छन्। सगितको माध्यमबाट समाजसेवामा समेत सक्रिय भण्डारीले असाहय नानीहरुलाई निःशुल्क संगीत प्रशिक्षण दिँदै आएका छन्।

‘संगीत एक आध्यात्मिक साधनाभएकाले व्यापारीकरण नगरी सबैमा सर्वसुलभ गराउनु प्रतिष्ठानको मूल ध्येय हो,’ भण्डारी भन्छन्, ‘संगीतले समाज जोड्ने विश्वासका साथ प्रतिष्ठानको माध्यमबाट आगामी यात्रा तर्य गर्ने छौं।’

प्रकाशित: २५ असार २०७९ १४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App