२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

‘कर्मठ नेपाली’ मा नौको जीवनचित्र

विविध क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको जीवनी समेटेर तयार पारिएको पुस्तक ‘कर्मठ नेपाली’ सार्वजनिक भएको छ।

आआफ्नो क्षेत्रमा रहेर उल्लेख्य एवं विशिष्ट योगदान पुर्‍याएका नौ जना उदाहरणीय व्यक्तिका निजी तथा सामूहिक जीवनका कथा पुस्तकमा पढ्न पाइन्छ। यसमा कलाकार नीर शाह, सुनिल पोखरेल, कार्टुनिस्ट वात्स्यायन, कवि श्रवण मुकारुङ, शिक्षासेवी भोलानाथ शर्मा, समाजसेवी इन्दिरा राना मगर, प्रकृति संरक्षणकर्ता कमलजंग कुँवर, वित्तीय क्षेत्रकी सुचिता खनाल र तेक्वान्दो खेलाडी सङ्गीना वैद्यका साङ्गोपाङ्ग जीवनलाई लिपिबद्ध गरिएको छ।

हरेकको बाल्यकाल, जीवनसंघर्ष र सामाजिक सत्कर्मसँगै अहिलेसम्म नलेखिएका जीवनकथा पनि पाठकले पढ्न पाउनेछन्। लेखक शरद् चिराग र सन्तोष रिमालले उनीहरूसँग गरेका कुराकानीका आधारमा पुस्तक तयार पारिएको हो। उज्ज्वल प्रसाईंद्वारा सम्पादित पुस्तक वी रिडले प्रकाशन गरेको हो। 

प्रकाशित: १८ असार २०७९ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App