४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

दुर्व्यवहार आरोपी तामाङ र अभिनेत्री मगरबीच सहमति

‘कबड्डी ४’की अभिनेत्री मिरुना मगर र दुर्व्यवहारको आरोप लागेका फुर्पा तामाङबीच सहमति भएको छ।

मंगलबार दुवै पक्षबीच भएको सहमतिमा मगरले आरेपी फुर्पालाई भाइ सम्झेर माफी दिएकी छिन् भने अभिनेत्री मगरले पनि बौद्ध धर्मावलम्बीसँग माफी मागेकी छन्।

दुवै पक्ष छलफलले आगामी दिनमा यस विषयमा विवाद नगर्ने, एकअर्काप्रति अनावश्यक टिप्पणी नगर्ने र धार्मिक तथा साम्प्रदायिक द्वेश फैलन नदिन सबै सरोकारवालालाई अपिल गर्ने सहमति भएको हो।

सहमतिपत्रमा अभिनेत्री मगर, आरोपी फुर्पा तामाङ, कबड्डी फिल्मको तर्फबाट निर्देशन रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जाग लाफा मगर, पशुपति राई र कालीप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन्।

यस्तै, बौद्ध धर्मावलम्बी, भिक्षु तथा लामा समुदायहरूको तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के र हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १७ जेष्ठ २०७९ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App