२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

छुटेको अंग

लघुकथा

ढाकामोहन बराल

ज्ञानबहादुरले सवारी हाँकेको समयमा ठूलो दुर्घटना भयो। धेरै मानिसको मृत्यु भयो। कैयौं घाइते भए। घाइतेहरूमध्ये कतिको समान्य उपचारले पनि ठिक भयो भने कति जनालाई जटिल अप्रेरसन पनि गर्नुपर्‍यो। त्यस समयमा जनप्रसाद भन्ने नाम चलेका डाक्टर थिए। उनको सीपमा भएको निपुणताको कारण धेरैको ज्यान बच्न सफल भयो।

हतारमा धेरै जनाको उपचार गर्नुपरेको हुनाले उनको अप्रेसन थिएटर अस्तब्यस्त हुन पुग्यो। अप्रेसनको क्रममा केही घाइतेको शरीरमा एक महत्त्वपूर्ण अंग राख्न छुटेछ। आजभोलि डा. जनप्रसादलाई यही कुराले निकै चिन्तित तुल्याएको छ। आज अकस्मात डा. जनप्रसादको भेट उनले अप्रेसन गरेर सोही अंग राख्न भुल भएको एकजना महानुभावसँग भयो।

डा. साबले भन्नुभयो, ‘हेर्नुस् हतारमा अप्रेसन गर्दा तपाईंको शरीरमा एक महत्त्वपूर्ण अंग राख्न छुटेछ। अप्रेसन थिएटर नजिक नै छ, आउनुस्।’

एउटा महत्त्वपूर्ण अंग छुटेको कुराले उक्त महानुभाव झसंग भयो र सोध्यो, ‘के भन्नुहुन्छ डा. साब? हँ कुन अंग हो?’

डा. जनप्रसादले भन्नुभयो, ‘माफ गर्नुहोला। मैले हतारमा अप्रेसन गर्दा हजुरको दिमाग राख्न बिर्सिएछु।’

कुनै ठूलै आपत परेछ भन्ने सोचेका महानुभावलाई डा. साबको कुराबाट ठूलो राहत मिलेको महसुस गयो र भन्यो, ‘डा. साब, मलाई त्यस अंगको कुनै आवश्यकता नै छैन। किनभने म त मन्त्री भइसकें। अब पनि हुने त्यही मन्त्री त हो नि।’

डा. जनप्रासद हेरेको हेर्‍यै भए।

प्रकाशित: १७ चैत्र २०७८ ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App