११ माघ २०७८ मंगलबार
कला

घुम्टो उठाएपछि

लघुकथा

विवि याक्खा

ए भुनियाँ के माई (आमा मैथिलीमा) जल्दी गररे हामी गाँवा जान्छु भन्दै लालुराम कराए।

श्रीमानको कुरा सुनेर बोल्यो चम्पकली -हाँ भुनियाँ के पाप खाना हालिसकेछु! कौना जल्दी छ रे?

खाना खाइसकेपछि भन्यो लालुरामले-आज शहर के बढिया आदमी आइहाल्छ तु भि चल हामरसाथ!

कार्यक्रम चलिरहेको थिए। लालुराम र चम्पाकलीलाई मुनिका कुराले छोयो अनि आफ्नो भुनियाँको पनि त्यस्तै कल्पना गरे।

कार्यक्रमका अन्त्यतिर मुनिले भुनियाँका बाबुआमालाई छोरी पढाउन कुरा राखिन्। आफ्नै उदारण दिँदै उनी पनि यै कि थिन!

मुनिका कुरा सुनेर भुनियाँका बाबाले प्रश्न गर्दै भन्यो – ठिक छ बहिनी, तपाईंले देखाइदिनुभयो त यो समाजलाई ! हामी पनि बेटियाको पठाई गराएर देखाइदिहाल्छु अनि बातमा सोधी।

अनि कसरी आउँदैन रे परिवर्तन। यो सबै सम्भव छ रे। घुम्टो उठाएपछि  भन्दै उनी मनमनै छोरी पठाउने बाचा गर्दै चुप बसे।

उपस्थित गन्यमान्य अतिथि लगायत मुनिसितै सम्पूर्ण महानुभावले आआफूले सक्नेजति सयोग गर्ने बाचाका साथ बिदा लिए भने सबैको होस खुल्यो र अन्त्यमा लागे उनीहरू पनि घरतर्फ।

प्रकाशित: ११ मंसिर २०७८ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App