२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

‘मेरो आदर्श, मेरो विश्वास’ विमोचन

राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यले राजनीति, प्राध्यापन र कुटनीतिमा आफ्नो लामो अनुभव समेटेर लेखेको संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ विमोचन गरिएको छ। नेपालगन्जमा मंगलबार एक समारोहका बीच प्राध्यापक गोविन्द प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र लेखक डा. आचार्यले संयुक्त रूपमा विमोचन गरेका हुन्।

उक्त पुस्तक क्रियटिभ बुक्सले प्रकाशन गरेको हो। सो क्रममा बोल्दै लेखक आचार्यले आफ्नो जीवनका भोगाइ, अनुभुति सुनाएका थिए। पुस्तकमा पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई मसिनोसँग उनले विश्लेषण गरेका छन्।

उनी स्वयम् वामपन्थी राजनीतिमा आबद्ध रहेकाले पनि घटनाक्रमलाई नजिकबाट देखेका छन्। नेपाली राजनीतिको दुई धारका नायक विपी कोइराला र पुष्पलाल श्रेष्ठसँगका संस्मरण, उनीहरुको आचरण र व्यवहारलाई प्राध्यापक डा. आचार्यले उक्त पुस्तकमा उतारेका छन्।

विमोचन कार्यक्रममा प्राध्यापक घिमिरे, पत्रकार महासंघ अध्यक्ष पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् वरिष्ठ साहित्यकार सनत रेग्मी, पत्रकार पूर्णलाल चुके लगायतले शुभकामना दिए।  

प्रकाशित: १९ आश्विन २०७८ १३:४८ मंगलबार

विमोचन