६ वैशाख २०८१ बिहीबार
कला

देकोचामा एकचालिसौं साहित्य तः मुंज्या हुने, विभिन्न उपसमिति गठन

एकचालिसौं नेपालभाषा साहित्य तःमुंज्या(सम्मेलन) भक्तपुरको देकोचामा हुने भएको छ।प्रत्येक वर्षको विजया दशमीको कौलाथ्व द्वादशी र त्रयोदशीका दिन हुँदै आइरहेको साहित्य सम्मेलनको ४१ औं संस्करण भक्तपुरको देकोचास्थित ख्वप कलेजमा हुने भएको हो।

नेपालभाषा साहित्य तःमुंज्याले प्रत्येक वर्ष भक्तपुर नगरका विभिन्न टोलहरुमा स्थानीय आयोजक समिति गठन गरी सम्मेलन गर्दै आइरहेको छ। सोही क्रममा तःमुज्या मूल समितिले भक्तपुर नगरपालिका वडा नं. ५ मा स्थानीय आयोजक समिति गठन गरेको छ। समितिका अध्यक्ष गणेशराम थुसाले जनपक्षीय साहित्यको विकासका लागि तःमुंज्याले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सो सम्मेलनलाई सफल बनाउनुपर्ने बताए।

उनले हरेक वर्षको विजया दशमीपछि हुँदै आइरहेको साहित्य सम्मेलनले दशैंलाई सिर्जनात्मक तवरले मनाउन समेत सन्देश प्रवाह गरेको बताए । अध्यक्ष थुसाले देकोचामा हुने ४१ औं संस्करण सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिसकेको पनि जानकारी दिए।

उनले स्थानीय जगनाथ सुजखुको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, अनिता जधारीको संयोजकत्वमा आर्थिक उपसमिति, पुण्यराम दुवालको संयोजकत्वमा साहित्य उपसमिति, गोविन्दराम त्वानाबासुको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, डा. सत्यनारायण दुवालको संयोकत्वमा स्वास्थ्य उपसमिति, राजुसिंह बजिकोंको संयोजकत्वमा स्वयम्सेवक उपसमिति, कमला सिजख्वको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन भएको जानकारी दिए।

प्रकाशित: ७ आश्विन २०७८ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App