१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

बलिउड कलाकार सिद्धार्थ शुक्लाको मृत्यु

बलिउड कलाकार सिद्धार्थ शुक्लाको मृत्यु भएको छ। उनको हृदयघातका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ।  

उनको ४० बर्षको उमेरमा मृत्यु भएको हो। उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ। उनको शरीरको पोस्टमार्टम गरिने बताईएको छ।

सिद्धार्थ ‘बीग बोस१३’को विजेता समेत हुन्। उनको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए।

प्रकाशित: १७ भाद्र २०७८ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App