२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

भुलेर नि गर्नु हुन्न शिर झुक्ने काम

बालगीत

प्रकाश खड्का ‘अभियान’

 

गुनगुन बाबु नानी  

अंकहरू गुन,

माथिमाथि जान अब  

पदचाप चुन।

 

गलत सोच हटाए

खुसीहरू बढ्छ,

कोसिस गर्छ सधैं जो

सिंढी उस्ले चढ्छ।

 

छल्न हुन्न, ठग्नु हुन्न  

हैन राम्रो बानी,

सबैलाई माया गरौ  

आफ्नैजस्तो ठानी।

 

भुलेर नि गर्नु हुन्न  

शिर झुक्ने काम,

यात्रा कठिन भए नि  

छोड्न हुन्न धाम।

प्रकाशित: ८ श्रावण २०७८ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App