१९ असार २०८१ बुधबार
image/svg+xml
कला

युद्धमा हारे भन्दैमा राजा नै हटाइदिने ?

बालआलेख

हार्दिक न्यौपाने  

 कक्षा  – ३,

अक्षरा स्कुल, काठमाडौं ।  

 

मलाई केपी ओलीको सरकार एकदमै राम्रो लागेको छैन । लकडाउन गरेर कति मान्छेले खान पाएका छैनन् । कति   ठाउँमा कर्फ्यु  लगाएको छ।  कर्फ्यु  लगाएपछि खान पाउँदैन । पोहोर खान नपाएर एकजना मान्छे नै मरेको थिए ।  

यही लकडाउनले गर्दा कति मान्छेले जागिर पाएनन् । कति मान्छेले तलब काटियो । जागिर खान गयो भने पुलिसले अरेस्ट गर्ला भन्ने डर । यो देशलाई राम्रो बनाएको छैन । देशलाई राम्रो बनाउने हो भने यो केपी सरकारलाई हटाउनुपर्छ ।  

यो सरकारभन्दा त राजा नै ठिक छ । राजा भएको भए यो कोरोना नै हुने थिएन होला जस्तो लाग्छ मलाई । राजा भएको भए रुख पनि काटिने थिएन । के राजाले युद्धमा हारे भन्दैमा राजा नै हटाइदिने ?  

राजाले हाम्रो देशको लागि केके गरेका छ । युद्धमा राजालाई मन पर्ने सैनिक पनि मरे । तैपनि नेपालीलाई केही नराम्रो नहोस भनेर युद्ध जारी राख्नु भन्नुभयो। तैपनि राजाले देश वीरेन्द्रले त कति राम्रो गर्नु भएको थियो । पृथ्वीनारायण शाहले एउटा औंला देखाएर देश एक होस् भनेर घण्टौसम्म उभिनुभयो । मैंले पृथ्वीनारायणलाई शालिकमा देखेको छु ।  ठाउँठाउँमा शालिकमा बस्नुभएको छ पृथ्वीनारायण । राजाले कति पटक युद्धमा सैनिकको ज्यान गुमाए । सैनिकको ज्यान गुमाए पनि राजाले हार खाएन । यति गर्दा पनि राजालाई विरोध गरे। राजा भएको भए भुईमा फोहोर हुने थिएन । फोहोर फाल्दैनथे । राजा छैन । त्यही भएर प्रब्लम छ। बाटो फोहोर गरेका छन् । यसले पर्यावरणलाई कति नोक्सान हुन्छ ?  

यहा“ मान्छेको पनि केही दोष छ । राजालाई हटाएर ठूलो भूल गरे। राजतन्त्र भएको भए ठूलो इम्प्रुभ हुन्थ्यो । हो कि होइन ? कोरोना पनि हटिसक्थ्यो कि ? राजतन्त्र भएको भए केही तरीका अपनाउँथे होला ? राजाले तिमीहरू बाहिर नहिंड भन्थे होला । मान्छे नहिँडेपछि त कोरोना हटिहाल्थ्यो नि ।

मलाई राजतन्त्र आउँछ जस्तै लाग्छ । मैंले एक पटक इन्टरभ्यु गरेको थिएँ । त्यसबेला राजतन्त्र ल्याउने भनेर ठाउँठाउँमा आन्दोलन भयो । अहिले पनि आन्दोलन भएको छ कि छैन मलाई थाहा छैन । आन्दोलन भए हुन्थ्यो राजा ल्याउन ।  

अरूले आन्दोलन नगरे पनि म छु । म ८ कक्षासम्म हेर्छु । ८ कक्षाभन्दा माथि भएन भने आन्दोलन गरेर, झगडा गरेर, बठ्याइँ गरेर भए पनि म राजतन्त्र ल्याउँछ । म जन्मदा राजतन्त्र थिएन । म जन्मनुञ्जले त राखेको भए हुन्थ्यो नि । अहिले राजतन्त्र गएको छ तर राजा गएको छैन । राजा ज्ञानेन्द्र नै हो । यो लेख ज्ञानेन्द्रले पढे भने आँखाबाट आँसु नै आउला है ?  

प्रकाशित: १२ असार २०७८ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App