प्रकाश खड्का
बीउ एउटै उब्जाउ हुने माटो फरक छ,
चोट उही मनभित्रको खाटो फरक छ।
कर्म रैछ घोटिनुपर्ने रात–दिन एकै,
तर पनि चुलोमा पाक्ने आटो फरक छ।
दोष उही कानून त्यही हुन्न न्याय उस्तै,
किन यहाँ सजाय दिने भाटो फरक छ।
वारिपारि किनार जस्तै मेल छैन हाम्रो,
पुग्ने ठाउँ गन्तव्य एउटै बाटो फरक छ।
हेर्दा खुसी ‘प्रकाश’ हेर शान्ति छैन कतै,
व्यथा उस्तै चोट लागेको टाटो फरक छ।
प्रकाशित: ३१ वैशाख २०७८ १५:२२ शुक्रबार