७ वैशाख २०८१ शुक्रबार
कला

हाइसन्चो

लघुकथा

–ऋषि तिवारी

–हजुर यसपालि त मलाई हाइसन्चो भो।

–हैन सन्चो पनि हाइ र लो हुन्छ र भन्या बुडी ?’ मैंले प्रश्न तेर्साएँ उनलाई।  

उनले फेरि भनिन्, ‘हुन्छ नि किन हुँदैन ? यसपालि न दशंैमा तास खेल्नु भो न तिहारमा । पैसाचाहिँ जे भए पनि बचाउँनुभएको छ । त्यही त हो नि हाइसन्चो।’ 

हुन त हो म चाडपर्वमा तास त खेल्थेँ नै । विगतको दशैंमा खेले, तिहारमा खेले । यस वर्षको चाडपर्वमा कोरोना सल्किन्छ कि भन्दै तासजुवादेखि टाढै थिएँ । खेल्ने जाँगर चलेनन् । शरीरको ख्याल गर्ने धाउन्नमा थिएँ । शरीर नै ठूलो सम्पत्ति भन्ने ज्ञान थियो मेरो । लक्ष्मीपूजा अर्थात् हिजो साँझ त्यो पनि नभनौं, बेलुकाको समयको खानापछि फोन आयो, ‘हन कता हौ ? लक्ष्मीपूजा नमनाउने?’

मैले बुझें तासमा जाम लगाउने कुरा ।  जवाफ दिएँ, ‘यसपालि हाम्रो जुठो परेको छ । लक्ष्मीपूजा नमनाउने।’  

उताबाट फेरि कुरो सोझियो, ‘लक्ष्मीपूजा नमनाएँ पनि यसो दस बजे रातिसम्म खेलौं न ।’  

मैले खोक्न थाले । खोक्दै भन्न थाले, ‘यसपालि नखेल्ने ।’

फेरि जवाफ आयो, ‘किन कोरोनाको डर लाग्यो ?’

मैले सहज जवाफ दिएँ, ‘हो हजुर ।’

पत्नी छेउमै थिइन् । ‘हजुर कसको फोन?’

पत्नीको आवाज मोवाइलमा गुन्जिन थालेपछि उताबाट फोन कट्यो ।

मैले पत्नीलाई जवाफ दिएको थिएँ, ‘तास खेल्ने भन्दै थिए। मैंले चासो दिइनँ ।’

‘ह्या हजुर आफू हाइसन्चो मानिरहेको बेला फेरि लो सन्चो नपार्नु होला है ।’

प्रकाशित: ८ वैशाख २०७८ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App