२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

म एक्लो भएर रोएँ तिमीलाई सम्झिएर

गजल

म एक्लो भएर रोएँ तिमीलाई सम्झिएर,

रोकिएनन् अश्रुधारा बगे सारा बर्सिएर ।

 

कहिले रारा कहिले फेवा बनिदिन्छ आँखा,

फाइदा के हुन्छ अब तिमीलाई पर्खिएर ।

 

सम्बन्ध नयां उडान भर्दै उचाइ लिएथ्यो,

भूल त म आफै गरें तिमीलाई अर्पिएर।

 

म बादल बन्दा हावा बनी पछ्याइरहेथ्यौ,

बर्सिनु मैले पर्थ्यौ तर तिमी बर्स्यौ गर्जिएर।

प्रकाशित: २४ फाल्गुन २०७७ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App