२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

‘गंगुबाई काठियावाडी’ मा आलियाको प्रशंसा

बलिउड अभिनेत्री आलिया भट्टको शीर्ष भूमिका रहेको चलचित्र ‘गंगूबाई काठियावाडी’को टिजर सार्वजनिक भएको छ। बलिउड निर्देशक सञ्जय लीला भन्सालीको जन्मदिनको अवसर पारेर बुधबार उनको करियरको १० औं चलचित्र गंगूबाई काठियावाडीको टिजर सार्वजनिक भएको हो।  

चलचित्रको पहिलो झलकमै आलियाले आफ्नो दमदार उपस्थिति देखाएकी छन्।चलचित्रले आलियाको अभिनयलाई नयाँ उचाइमा लैजाने अपेक्षा गरिएको छ।टिजर सार्वजनिक भए लगत्तै आलियाको कामको प्रशंसा भएको छ। उनले बोलेका संवाददेखि उनको अभिनयले दर्शकको मन छोएको छ। 

चलचित्र यो वर्ष रिलिज हुने प्रतिक्षित फिल्ममध्ये एक हो। चलचित्र जुलाई ३० मा रिलिज हुने जनाइएको छ। संजयलिला भन्सालीको निर्देशनमा तयार भएको यो चलचित्र ‘दि माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित छ। सन् १९६० को दशकमा मुम्बइको कमाठीपुरमा काेठी चलाउने गंगुबाइको जीवन कथामा यो चलचित्र बनेको हो।

प्रकाशित: १३ फाल्गुन २०७७ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App