अन्धकार कति हो । बिहानै हिँड्नै पर्ने अझै हिँड्न समेत भ्याएकी छैनन् । सबै घरधन्दा गरेर नै हिँड्नुपर्छ स्कुल । कस्तो बिडम्बना चार बहिनी छोरीमध्ये कमलालाई मात्र चासो भएको हुन्छ । अरू त खाने सदस्य मात्र भएको जस्तो लाग्छ । यसो सोच्ने हो भने कमला राम्री र सोझी साथै पढाइमा त्यति राम्रो होइन । तर, मेहेनेत भने खुबै गर्छिन् ।
कस्तो बिडम्बना, कमलालाई दुखको सागरले नै दुखी बनायो । कमलामा एक कुराको राम्रो बानी थियो । सत्य बोल्ने बानीले सधै धोका पाएको हेक्का नभएको नि होइन । समय बित्दै गयो । आफूमुनिका बहिनीहरू केटो समाई आफै बिहे गरे । कमलालाई पनि बिहे गर्न मन हुँदा पनि कस्लाइ सोध्ने । आफै भनूँन पनि कसरी ! फेरि उत्ताउली रहिछे भन्ने डर हुने । त्यसैकारण पनि मनका कुरा मनैमा दबाएर बसेकी थिइन्। यसै गरी दिन बित्यो । एक दिन कमलालाइ ठूलो बज्रपात पर्यो – त्यो हो आफूले भनेजस्तो वर भएन ।
घर त सम्पन्न थियो तर पनि आफ्ना हजारौ इच्छा मुटुमै लुकाइन्, देखाउन सकिनन् । किनकि आमाबुबाको इज्जतका लागि सबै त्याग गरिन । दिन यसै गरी चल्दै गयो । कमलाबाट तीन सन्तानको जन्म भयो एक छोरा दुई छोरी राम्रोसंग घर गृहस्थ जीवन चलिरहेको थियो ।
घरको काम घर मुलीले गर्दै जाँदा एक दिन कमलालाई जीवनको अँध्यारो कोठामा प्रवेश गरायो । किनकि आफ्नो श्रीमानको व्यापारमा ठूलो घाटा लाग्दा कमलालाई बाध्यता भयो घर चलाउन अनि कमला मेन पावर धाउन लागिन् । एकदिन उनी पनि विदेश जाने निश्चित भयो । आजसम्म कमला त्यही घर तिनै छोराछोरीको लागि आफ्नो जीवन तातो गर्मी अनि आफ्ना परिवार सन्ततीबाट धेरै टाढा खाडीमा बिताउन थालिन् । आज उनीसँग सबै छ । तर, कमलासंग जिउने इच्छा भने मरेर गयो । हरेक युद्ध एक्लै सामना गर्दै खाडीको एक कुनामा बसेर रुँदै छिन् कमला –
यस्तै रहेछ जिन्दगी बुझ्न सकेन कसैले ,
मेरो आँसु खस्यो तर पुछ्न सकेन कसैले ।
माया के हो भन्ने कुरा कहिले सोच्ने सकिन,
अस्मिता नै धन थियो लुट्न सकेन कसैले ।
प्रकाशित: १० फाल्गुन २०७७ १०:०६ सोमबार