३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

वैवाहिक जीवनमा बाँधिए बलिउड अभिनेता वरुण धवन

बलिउड अभिनेता वरुण धवन र फेसन डिजाइनर नताशा दलाल आईतबार वैवाहिक जीवनमा बाँधिएका छन्। उनीहरूको वैवाहिक समारोहमा नजिकका साथीभाइ तथा परिवारका सदस्यहरु मात्र सहभागी भएका थिए।

उनीहरूको विवाह अलीबागको द मेन्सन हाउसमा सम्पन्न भएको हो। वरुण र नताशाको प्रेम प्रसंग बलिउडमा सबैभन्दा बढी चर्चामा रहेको थियो। दुबैले एक/अर्कालाई बाल्यकालदेखि नै चिन्दछन्। नताशा र वरुण एउटै स्कुलमा अध्ययन गरेका हुन्।

धेरै वर्षसम्म यो सम्बन्धलाई लुकाएको वरुण ले नै उनीहरूको प्रेम सम्बन्धका बारेमा खुलासा गरेका थिए। अभिनेता धवनले नै इन्स्टाग्राम मार्फत आफ्नो विवाहका दुई तस्विर सार्वजनिक गरेका छन्।

प्रकाशित: १२ माघ २०७७ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App