२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

आमाको फोटो

लघुकथा

 

मञ्जुश्री गिरी

 

आमाको दोस्रो वर्षको श्राद्ध थियो । घरमा चेलीबेटी त के कुरा बाहुन पनि आएनन् । सरदम के पकाउने सोच्दासोच्दै खानेकुरा बनाइयो ।  

नजिक भएका पनि यस्तैउस्तै कुरा भयो । श्राद्ध नगरे पनि सिदा मात्र गर्न पाए हुने भन्ने मनमा लाग्यो । कता कता पीडा भयो ।यो पीडाले कताकता आमाप्रतिको प्रेम छचल्केको महसुस भयो । कसरी खानु भनेर सिदा छुट्याएँ ।

बाहुनले पहिला त फोन उठाएनन् । पछि धेरैपल्ट फोन गरेपछि सिदा नल्याउनु कोरोनाको त्रास छ । गाईलाई दिनू एक भाग सिदा  । अर्को भाग गंगामा बगाइदिनू भनेर बाहुनले भनेपछि सिदा बोकेर खोलातिर जान लाग्दा मन पोल्यो ।  बरु आँगनमा वा घरकै छतमा त्यो खिर राखिदिन मन लाग्यो । एक बटुको खिर कुकुरलाई दिन मन लाग्यो । छतभरि एक हुल चराहरू अनिकालको गीत गाएर रमाउँदै खान थाले ।

कुकुर खिरमा दंग थियो । आमाको बैठक कोठामा राखेको फोटो मुसुक्क हाँसेको हाँस्यै देखेँ।

प्रकाशित: १६ मंसिर २०७७ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App